माधव नेपालको साथ छाडेका नेताको बोली : पार्टी एकताको प्रयास जारी राख्छौँ

 चिरफार संवाददाता      शुक्रबार, भदौ ४, २०७८      0

काठमाडौँ : नेकपा एमालेबाट विभाजित माधवकुमार नेपालको साथ छाडेका नेताहरूले पार्टी एकताका लागि प्रयास जारी राख्ने बताएका छन् ।

महाराजगञ्जस्थित एक होटलमा भेला भएका उनीहरुले पार्टीका समस्या हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन् ।

नेता भीम रावलले छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वयन गर्न माग अघि सारेको बताए । उनँले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार नगर्ने बताए ।

नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न लागिपर्ने बताए ।

नेताहरूले पार्टीको हितका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको बताएका छन् ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *