
दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा २७ साउन । दोलखाको कालिञ्चोक गाउँपालिका ५ लापिलाङको खहरे रानीबनमा गएको पहिरोको कारण बस्ती नै जोखिममा परेकोछ । पहिरोले सयौ घर बिस्थापित भएकाछन भने गत बर्ष ९ र अहिले २ गरि ११ घर पुरिएकाछन।
गत सालबाट आएको रानीवन पहिरो नियान्त्रण तर्फ कसैको ध्यान नगएको कारण सयौ घर बिस्थापित र हजारौ रोपनी खेती योग्यजमिन बगरमा परिणत भएकोछ । गत बर्ष नौ घर र यसपटक २ घर पुरिएका छन । समयमै पहिरो नियान्त्रण्मा सरोकारवाला निकायले पहल नगरेका कारण सिंगो बस्ती ने स्तान्तरण गर्नुको बिकल्प अरु नभएको स्थानिय भनाइृ रहेकोछ ।
भिमकाय पहिरो गएको छ यसको नियान्त्रण स्थानिय सरकार ,प्रदेश सरकारले सम्भव छैन संघिय सरकारको पनि कडोरौं रुपीयाँ ले मात्र नभई अरबौ रुपियाँ लाग्ने अबस्था देखिएको कालिञ्चोक गाउँपालिका की उपप्रमुख कालिका पाठकले जानकारी दिइन । यो बस्ती स्तान्तरण गुर्न पर्ने रहेको छ पाठकले भन्निन ।
गत साल पहिरो गई नौ घर पुरिदा यो बस्तीमा आई बस्ती नै स्थान्तरण गर्ने र प्रत्यक घरलाई ३ लाख दिन घोषणा गरेका नेपाल सरकारका मन्त्रि पार्वत गुरुङ हाल सम्म कुभ कर्णको निन्द्रामा परेको नागरिकले आरोप लगाएकाछन । मन्त्रिको बस्ती स्थातान्तरणको आश्वसनको पर्खाई रहेका नागरिक यस पटक झन सर्वश्व गुमाउन बाध्य भएको खहरे रानी बन उपभोक्ता समितीका अध्यक्ष अर्जुन थामीले बताए ।
सिन्धुपाल्चोक पहिरो पछि देशकै ठुलो पहिरो भएको स्थानिय हरुले बताएकाछन । पानी पर्यो की रातभर यहाँका नागरिकहरु जागै बस्छन । गरिखाने जग्गा जमिन बगरमा परिणत भएको स्थानियवासी गोकर्ण प्रसाद भण्डारीले जानकारी दिए ।
भुकम्प पछि बास बस्नलाई बनाई का घर टहरामा समेत पानी परे पछि अर्को गाउँमा गएर बस्नु परेको छ । सरकारको तत्काल ध्यान जागृत गराई पिडितको उद्धार गरिदिन नागरिकहरुले आग्रह गरेकाछन ।
पहिरो कारण पुल सम्म बगाएकोले पानी परे पछि बिद्यार्थीहरु खोला तर्न समेत नसक्ने अबस्था आएको छ । हप्तामा एकपटक कोरोनाको कारण स्वास्थ्य मापदण्ड अपनाई वर्क सिट लिन र बुझाउन आउने बिद्यार्थीको समेत ज्यान जोखिममा परेको लापीलाङ माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिपक खड्काले दुखेसो गरे । वडा नं ५ को वडा कार्यालय र लापीलाङ माविको भवन समेत जोखिम परेको खड्का बताउँछन ।
चार सय घरपरिवारको हजारौं रोपनीमा खेत र बारी पहिरोले बगाएको वडाले तथ्यांक निकालेको छ ।अघिल्लो वर्ष र यस वर्षको पहिरोले चार सय ५ जनाको खेतीयोग्य जमिन पहिरोले बगाएको सोही वडाका वडा अध्यक्ष सुबास थामीले जानकारी दिए । केहि दिन अघि वडालाई बागमती प्रदेश सरकारले क्षति र पीडितको तथ्यांक तत्काल निकाल्न निर्देशन दिए अनुसार वडाले अहिले पीडितको तथ्यांक संकलन गरिरहेको हुँदा अहिलेसम्म पहिरोले चार सय ५ जना लापिलाङ बासिन्दाको खेतीयोग्य जमिन बगाएकोछ ।पहिरोले गरिखाने खेतवारि बगाउँदा १५ घर परिवार सुकुम्बासी बनेका छन्।
पहिरोले काराबारी,देवी थान,कात्तिके लगायतका सयौं घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन् भने अघिल्लो वर्षको पहिरोले ९ घरपरिवारलाई घर बिहिन बनाएको छ।पहिरोले वडा कार्यालय भवन समेत कुन बेला बगाउने हो टुङ्गो छैन।
स्थानीयले पहिरोको कारण आफू सुकुम्बासी बासी बनेको र दैनिक गुजारा चलाउन समस्या भएको पीडित ले दुखेसो गरे ।
अहिले पनि पहिरो निरन्तर बगिरहेको हुँदा कुन दिन पहिरोले चिरा परेर बसेको सिङ्गो गाउँनै पहिरोले बगाउने भन्दै सो गाउँका स्थानीय त्रासित बनेका छन्।पहिरोले धर्म खत्री,पुण बहादुर खड्का रुकमला थामी लगायतको घरलाई आधा भाग चरकाएर राखेको छ। अघिल्लो वर्षको पहिरोबाट गणेश थामी,पुस्कर थामी ,लालमान थामी,दिलबादुर थामी, सन्तकुमार थामी,सुजन थामी,लक्ष्मण थामी,अमर थामी र सरिता थामी गरि नौ घरपरिवार अहिले घरबार बिहिन बनेका छन्।
Leave a Reply