दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा २६ साउन । जनताका पिडामा मलहम लगाउन जनप्रतिनिधि भईराख्नु नपर्ने धारणा नेपाली कांगे्रस कालिञ्चोक गाउँपालिका का सभापति अर्जुन प्रसाद शिवाकोटीले व्यक्त गरे ।
लापिलाङमा रहेको गुर्जापा आधारधुत बिद्यालयका १ सय २४ जना बालबालिकालाई शैक्षिक सामाग्री सहितको ब्याग बितरण गर्दै शिवाकोटी सो धारण व्यक्त गरेका हुन। बिपन्न बालबालिकाको शैक्षिक सुधारका लागी सामाग्री सहितको ब्याग र जाडोका समयमा न्यानो कपडा समेत प्रदान गर्ने प्रतिबद्धता सभापति शिवाकोटी जाहेर गरेकाछन ।
थामी समुदायको बाक्लो बसोबास रहेको कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङमा रहेको गुजर्पा आधारभूत विद्यालयका विद्यार्थीलाई सफा सुनौलो नेपाल,चाइना फाउन्डेसन र पुर्ण प्रताप फाउन्डेसन नेपाल दोलखाको सहयोगमा १२४ वटा स्कुल ब्याग र स्टेसनरी सामाग्री वितरण गरेकोछ ।
दुर्गम गाउँका थामी समुदायका बालबालिका पढ्ने विद्यालयका विद्यार्थीलाई राहत दिने उदेश्यले विद्यार्थीलाई झोला वितरण गरिएको सहयोगी सस्था चाइना फाउन्डेसन दोलखाका प्रमुख राकेश श्रेष्ठले जानकारी दिए। पुर्ण प्रताप फाउन्डेसन नेपाल दोलखा ५१ स्कुल ब्याग र शैक्षिक स्टेसनरी सामाग्री सहयोग गरेकोछ ।
त्यस्तै विद्यालयका सबै विद्यार्थीलाइ स्कुल ब्याग र शैक्षिक स्टेसनरी सामाग्री सहयोग गर्ने संस्थाका प्रतिनिधि राकेश श्रेष्ठ ,राजन बस्नेत ,युवा व्यवसायी एवं कांग्रेस नेता प्रभुराम श्रेष्ठ,शैक्षिक सामाग्री ल्याउन पहल गर्ने पत्रकार गोकर्ण प्रसाद भण्डारीलाई विद्यालयले कदर पत्रले संमान गरेको छ।
कार्यक्रममा संविद्यान सभाका पूर्व सभासद चुनबहादुर थामी, नेपाली कांग्रेसका लोकप्रिय युवा नेता टेकराज शिवाकोटी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर थामी,गुजर्पा आधारभूत विद्यालयका प्र.अ ठिलेन शेर्पा लगायतको उपस्तिथि रहेको थियो ।
पहिरो निरिक्षण
काञ्लिचोेक गाउँपालिका ५ लापिलाङमा रानीबन र घट्टे खोलामा गएको पहिरोको स्थलगत निरिक्षणमा पुगेका शिवाकोटीले वर्तमान सरकारलाइृ घच्चाई स्थानियका समस्या आफुले सकेको सहयोग गर्ने बताएकाछन।
चार सय जना स्थानीयको खेतीयोग्य जमिन बगाएको छ।नेपालकै सिन्धुपाल्चोक पछिको दोस्रो ठुलो मानिएको पहिरोले हजारौं रोपनीमा खेत र बारी पहिरोले बगाएको छ । अघिल्लो वर्ष र अहिले पहिरोले चार सय ५ जनाको खेतीयोग्य जमिन पहिरोले बगाएकोछ । अघिल्लो वर्ष नेपाली कांगे्रस काञ्लिचोेक गाउँपालिकाले यहाँका नागरिकलाई त्रिपाल,खाध्यान बितरण गरेको र यसपटक नेपाली कांगे्रसले जनतालाई गर्नु पर्ने जस्तो सुकै सेवा पनि गर्न तयार गरेको निरिक्षणमा पुगे सभापति शिवाकोटीले बताए ।
पहिरोले गरिखाने खेतवारि बगाउँदा १५ घर परिवार सुकुम्बासी बनेका छन्।पहिरोले वडा नम्बर पाँचको काराबारी,देवी थान,कात्तिके लगायतका सयौं घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । अघिल्लो वर्षको पहिरोले ९ घरपरिवारलाई घर बिहिन बनाएको छ ।पहिरोले वडा कार्यालय भवन समेत कुन बेला बगाउने हो टुङ्गो छैन।
नेपाली कांगे्रस कालिञ्चोक गाउँपालिका का सभापति अर्जुन प्रसाद शिवाकोटीको नेतृत्वमा गएको नेपाली कांगे्रस दोलखाका जिल्ला कार्यसमिती सदस्य एवम लोकप्रिय नेता राकेश श्रेष्ठ, नेपाली कांगे्रस दोलखाका नेता एवम समाजसेवी युवा टेकराज शिवाकोटी, नेपाल बिद्यार्थी संघ दोलखाका नेता राजन बस्नेत,स्थानियवासी एवम चर्चित पत्रकार गोकर्ण प्रसाद भण्डारी र रेडियो भिमेश्वरका संचारकर्मी अनमोल बस्नेत रहेको टोली संग स्थानीयले पहिरोको कारण आफू सुकुम्बासी बासी बनेको र दैनिक गुजारा चलाउन समस्या भएको पीडिते दुखेसो गरे ।
स्थानिय मान बहादुर थामीले पहिरोले एक मुरीको खेत बगाएको बताए।अहिले पनि पहिरो निरन्तर बगिरहेको हुँदा कुन दिन पहिरोले चिरा परेर बसेको सिङ्गो गाउँनै पहिरोले बगाउने भन्दै त्रासित बनेको बताए ।
पहिरोले धर्म खत्री,पुण बहादुर खड्का रुकमला थामी लगायतको घरलाई आधा भाग चरकाएर राखेको छ।अघिल्लो वर्षको पहिरोबाट गणेश थामी,पुस्कर थामी ,लालमान थामी,दिलबादुर थामी, सन्तकुमार थामी,सुजन थामी,लक्ष्मण थामी,अमर थामी र सरिता थामी गरि नौ घरपरिवार अहिले घरबार बिहिन बनेका छन्।
Leave a Reply