दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा,२५ साउन । अविरल बर्षा र बेला बेलामा जाने भुकम्पको झड्काको कारण तर्सित जिबन बिताई रहेका बालगृहका बालबालिका चिराचिरा भएको भवन हेरेर बस्न बाध्यछन ।
दोलखाको गौरिशंकर बालगृहको जिर्णेदार तथा पूर्न निमार्णमा कसैले चासो नदेखाएको कारण यहाँ रहेका २९ जना अनाथ बालबालिका र तिन जना कर्मचारी ढलान नै चिराचिरा भएको पानी चुईने सिलिङ र गाहे हेदै तर्सित जिबन बिताउन बाध्य भएको अनाथ बालक रितिक सुनुबार बताए । उनका आमाबाबु दुबै छैनन।
२०७२ सालमा आएको भुकम्पले छियाछिया पारेको जिल्लाका सबै सरकार भवन र करिब ९० प्रतिशत निजिआवासको पून निमार्ण तथा जिर्णेदार भई सक्दा पनि जिल्ला रहेको एक मात्र अनाथ आश्रसको पून निमाणमा हाल सम्म सरकारी निकायको ध्यान समेत जान सकेको छैन । बोल्न नसक्नेको सरकारी तहबाट कसरी उपेक्षा हुन्छ भन्ने बलियो उदाहरण बनेको छ सदरमुकाम नजिकै रहेको बालगृहको अबस्थालाई निहाल्दा ।
२०५३ सालमा स्थापना भएको बालगृहको अबस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ । नेपाल बाल संगठनले संरक्षकको भुमिकामा नियुक्त गर्ने व्यक्तिहरु सरकार परिवर्तन संगै माथि देखिनै परिवर्तन हुदै आउँदाको पिडा यहाँका अनाथ बालबालिकाले भोग्नु परेको स्थानिय समाजसेवि डम्बर प्रसाद चौलागाईले बताए ।
भिमेश्वर नगरपालिका ५ मा रहेको यो बालगृहमा अन्यत्रै वडाका नागरिकले पटक पटक राजनैतिक नियुक्ती लिएर आउदा भग्नावेश अबस्थामा बालगृह रहेको हो । बालगृहको अबस्था बारेमा भिमेश्वर नगरपालिका का कर्मचारीलाई पटक पटक जानकारी गराउँदा यस पटक बालबालिकाले पढ्न प्रयोग गर्ने एउटा भवनको जिर्णेदार गर्न आर्थिक सहयोग गरेको बालगृहको अध्यक्ष रामप्रसाद सापकोटा बताए । संघिय सरकार र प्रदेश सरकार लाई लिखित रुपमा पत्रचार गरि भवन बनाई दिन आग्रह गर्दा हाल सम्म सुनुवाई भएको छैन । आवाज बिहिनहरुको आवाज सुन्ने कस्ले निरास छन यहाँका पदाधिकारहिरु । समयमै भवन नबने बालबालिकाको जिबन रक्षालाई आत्म गर्लानी गर्न सिवाय अरु केही नहुने अबस्था सिर्जना हुनेछ ।
स्थानिय तहका पदाधिकाहरुको हेलचर्काँई र नेपाल बाल संगठन केन्द्रको उपेक्षाका कारण जोखियुक्त जिबन बिताउन बिबश छन यहाँ बालबालिका । सम्बन्धि सरोकार वाला निकायको समयमा नै ध्यान जान जरुरी छ ।
यता भिमेश्वर नगरपालिका का मेयर भरत केसीले भने नेपाल बाल संगठनले हेर्न हुदा संघिय सरकारले पूनः निमार्ण गुर्न पर्ने धारणा राखे । जिम्मेवारी लिने अनि भुकम्पको बेला क्षत्बिक्ष् भयो पूर्न निमार्ण गर्नु परयो भने नलेखाए बापत हाल सम्म भग्नावेश नै भएको उनले बताए । भिमेश्वर नगरपालिका ५ मा रहेकोले जिर्णेदारको लागी केही रकम भिमेश्वरले सहयोग गरेको जानकारी दिए ।
Leave a Reply