कोरोना पोजेटिभ बिपन्न नागरिकको औषधि र पोष्टिक आहारका लागी बेलायतमा बस्ने नेपालीकोे सहयोग (सम्पूर्ण तस्विर सहित)

 पब्लिक संवाददाता      सोमवार, साउन ११, २०७८      0

ओके कान्तिपुर
संवाददाता
दोलखा ११ साउन । सुखले खान पुगोस, ख़ुशीले दिन पुगोस भन्ने मार्मिक अभियान संचालन गर्दै दोलखाका बिगु गाउँपालिका ५ चिलंखाका स्थायी बासिन्दा हाल रेडिंग, वेलायत निवासी भिमसेन खड्काका बिशेष पहलमा जिल्लाका कोरोना संक्रमित बिपन्नहरुलाई औषधी र पोष्टिक आहारको लागी एक लाख पचासहजार एक सय १५ सहयोग प्राप्त भएकोछ ।
बेलायत बस्ने नेपाली नागरिकले दिएको सहयोग जिल्लाका ३५ जना होम आईसुलेसनमा बसेका नागरिकलाई औषधि र उनीहरुको पोष्टिक आहारका लागी खर्च गरेको छ । होम आईसुलेसनको बेडमा छट्पटाई रहेको नागरिको जिबन रक्षाको लागी बेलायत बस्ने नेपाली नागरिकको आर्थिक सहयोग कोशेढुङा सावित भएको छ ।
कोरोनाभाईरसको दोस्रो लहर दोलखा जिल्लामा तिब्ररुपले बढिरहेको र चरिकोट , जीरी र सिंगटीको तिनवटा हस्पिटलमा कोभिड संक्रमितको उपचार गर्न समेत बेड नभएको अबस्थामा होमआईसुलेसनमा रहेको बिपन्न कोरोना पिडितलाई मनका धनी दानबिर बेलायत बस्ने नेपाली नागरिक सहयोग प्राप्त भएको नागरिक समाज दोलखाका अध्यक्ष दिपशंकर चौलागाईले बताए । नागरिकको पिडामा बिगत दिनमा पनि सहयोग गर्ने समाजसेवि दानबिर युवा दोलखाली छोरा चिलंखा निवासी लक्ष्मण खड्का सुपुत्र भिमसेन खड्काको उहाँको आर्थिक सहयोग सहित बिशेष पहलमा १ लाख ७० हजार १ सय १५ रुपैया आएको जानकारी दिए । उनले भने २० हजार आवाज नेपाल संस्था की सृजना कार्कीलाई सहयोग गरेको र बाँकी रकम ३५ जना होम आईसुलेसनमा बसेका कोरोना संक्रमित बिपन्न नागरिकलाई औषधि र उनीहरुको पोष्टिक आहारका लागी खर्च गरेका छौ ।
ओदी नेवार गाउँ, साखिने , शैलुङ ,मागापौवा , गोर्बधने , चरिकोट, काबे्र, सुन्द्रावतीका होम आईसुलेसनमा बसेका कोरोना संक्रमित बिपन्न नागरिकलाई औषधि र उनीहरुको पोष्टिक आहारका लागी १ लाख ५० हजार १ सय १५ रुपैया खर्च गरेका छौ ।
थोपा थोपा मिलेर समुद्र बन्ने हो । १ भीमसेन खड्का £105.00 लोटींग, चिलंखा 2 . Jit Bahadur Tamang -100.00 भेड्पु , बैकाट 3 . Mahesh Khadka. £100 chilankha 4.Madhu Basnet £50 Mati charikot 5. Uttam khadka- -£100 Laduk 6. Pradeep karki -£25.00. फस्कु 7 . Dr Nawang Sherpa £50 स्यामा Dolakha 8 Kedar Rimal £30 बैत्यस्वर ६ मार्बु 9 Bhawana Khadka £50 Khopachagu 10 Manju Thapa poudel £25 लादुक (मावली ) 11.Lalita Khadka £50 Khopa chagu 12 Sarmila Bashyal £30 खोपाचागु 13 गोपाल खड्का £50 मेलुगं ७ खड्काथोक 14 Rabi Uprety £51 बैत्यस्वर गा पा 15 Kamal babu Siwakoti£35 क्षमावती 16 shiva Bhandari £30 खोपाचागु 17 Krishna Neupane £30 जिरी प्राविधिक स्कुलमा प्रध्यापन १६ बर्ष (घर तनहु) 18. Bikram Adhakari £50. सिन्धुपाल्चोक 19 . रामेश्वर थापा -£25. सिक्रे , नुवाकोट 20.संजय खड्का, £45.00 लोटींग, चिलंखा Total-££1031.00 x165 = NRS 1,70,115/- सहयोग प्राप्त भएको चौलागाईले बताए । मन धनी दानबिर नागरिक सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *