संविधान मिच्न पाइँदैन भनेर अदालतले सिकायो : सिटौला

 पब्लिक संवाददाता      सोमवार, असार २८, २०७८      0

ओके कान्तिपुर
दोलखा २८ असार। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै संविधानको धारा ७६ (५) को सही व्याख्या गरेको बताएका छन् ।

प्रतिनिधि सभा पुर्नस्थापनाप्रति प्रतिक्रिया दिंदै सिटौलाले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रलाई बचाएको बताए ।

‘सर्वोच्चको निणर्य स्वागतयोग्य छ, संविधान र लोकतन्त्र बच्यो, संविधानको धारा ७६ (५) को पनि अदालतले सही व्याख्या गरेको छ, भोलीका प्रधानमन्त्रीलाई पनि संविधान मिच्न पाइदैन भनेर अदालतले चेतना दियो,’ सिटौलाले हाम्राकुरासँग भने । उनले सर्वोच्च निणर्यसँगै देश लोकतन्त्र र संविधान वादको पक्षमा छ भन्ने प्रष्ट भएकोसमेत बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *