असार २५ गतेदेखि २७ गते सम्म तिब्बत संग सिमाना जोडिएका विगु र गौरीशंकरका नागरिकलाई भेरोसिल खोप लगाउने

 पब्लिक संवाददाता      शनिबार, असार १९, २०७८      0

ओके कान्तिपुर
दोलखा १९ असार । चिनको स्वाशासित क्षेत्र तिब्बत संग सिमाना जोडिएका दोलखाको विगु र गौरीशंकर गाउँपालिकाका स्थानीयलाई कोरोना विरुद्धको भेरोसिल खोप लगाइने भएको छ ।
विगु गाउँपालिकाका ४५ वर्ष माथिका र गौरीशंकर गाउँपालिकाका ४० वर्ष माथिका सबै स्थानीयलाई खोप दिइने भएको हो ।
दुई स्थानीय तहका नागरिकहरुलाई असार २५ गतेदेखि २७ गते सम्म सम्बन्धित पालिकाको स्वास्थ्य संस्था र खोप केन्द्रमा कोरोना विरुद्धको पहिलो मात्रा भेरोसिल खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।
विगु र गौरीशंकर गाउँपालिकाका स्थानीयको लागी ७ हजार २ सय चिनिया भेरोशिल खोप जिल्लालाई प्राप्त भएको पौड्यालले बताए ।
उनले भने “गौरीशंकरका ४० वर्ष माथिका र विगुका ४५ वर्षमाथिका नागरिकहरुले २५ गतेदेखि २७ गतेसम्म सम्बन्धीत पालिकाका सबै स्वास्थ्य संस्था र तोकिएका खोप केन्द्रहरुमा नागरिकता, मतदाता परिचयपत्र तथा स्थायी ठेगना खुल्ने सरकारी कागजात वा सम्बन्धीत वडाको सिफारिस लिएर जानुपर्नेछ ।”
जेठ २५ देखी २ असार सम्म भेरोेशिलको पहिलो डोज खोप लगाएका जिल्लाभरका ६२, ६३ र ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक र सोही समयमा पहिलो खोव लागाएका अग्रपंतिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी र संचारकर्मीहरुलाई पनि दोस्रो डोज दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *