ओके कान्तिपुर संवाददाता
दोलखा १६ असार। स्वास्थ्य मापडण्डको पूर्ण पालना गर्न गराउन आबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु पर्याप्त जुटाउन स्थानियतहले नसकेको अबस्थामा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले दोलखामा स्वास्थ्य सुरक्षा तथा मेडिकल सामाग्रीहरु बितरण गरेको छ ।
स्थानीय सरकारलाई सकस परि रहेको अबस्थामा तामाकाशी ,शैलुङ्ग, ,बैतेश्वर , जिरी र भीमेश्वर पालिकालाई नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले तीस लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा तथा मेडिकल सामाग्रीहरु बितरण गरेको हो ।
अमेरिकाका लागि पुर्ब राजदुत तथा आर.आर.एन.का कार्यकारी निर्देशक डा. अर्नुन कार्की, आर.आर.एनका टिम लिडर रत्न कार्कीले भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर के.सी., तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, शैलुङ्ग गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु बहादुर कार्कीलाई हस्तान्तरण गरेकोछ ।
स्थानीय सरकारलाई सहयोग गर्नु आबश्य महसुस गरि कोरोनाबाट बच्न स्वास्थ्य मापडण्ड पालना गर्न गराउन तथा स्वास्थ्य उपचारका लागि सहज होस भन्ने उदेश्यका साथ नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले स्वास्थ्य सुरक्षा तथा मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको आर.आर.एनका टिम लिडर रत्न कार्कीले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासु देब घिमिरे, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिकाका कार्यकारी श्री मान बहादुर खडका, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईको उपस्थिती रहेको थियो ।
यो संस्था २०४६ सालमा स्थापना भई देशका बिभिन्न जिल्लाहरुमा हरेक बिपदहरुमा र अन्य सामाजिक बिकाससँग सम्बन्धित कार्यक्रमहरु सक्रिय रुपमा निरन्तर काम गर्दै आइरहेको छ । दोलखा जिल्लामा २०६७ साल देखि शिक्षा, स्वास्थ्य, कृषि, जीबिकोपार्जनका साथै २०७२ सालको भुकम्पमा समेत सक्रिय रुपमा काम गरेको छ । हाल तामाकोशी, बैतेश्वर, शैलुङ्ग गाउपालिका र भीमेश्वर नगर पालिकाको ८ र ९ वडामा स्वास्थ्य, कृषि, जीबिकोपार्जन आदि बिकाससँग सम्बन्धित कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरि रहेको आर.आर.एन.प्रेम कार्कीले बताए ।
आर.आर.एन. दोलखाल ेसाना किसानहरुको सशक्तीकरणका लागि उद्यमसिलता परियोजना र ग्रामीण महिलाहरुको सक्रियतामा दिगो जीविकोपार्जन तथा प्रजनन् स्वास्थ्य सुधार कार्यक्रम मार्फत उक्त क्षेत्रका समुदायहरुलाई कोभिड १९ को जोखिमबाट सुरक्षित हुने स्वास्थ्य सुरक्षा तथा मेडिकल सामाग्रीहरु बाँडेको आर,आर,एनका कार्कीले जानकारी दिए।
Leave a Reply