ओके कान्तिपुर, कालिञ्चोक गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि ६७ करोड रुपैयाँ बरावरको बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको कार्यालय सुनखानीमा बिहिवार सुरु भएको आठौं गाउँसभामा नयाँ आर्थिक वर्ष २०७८/७९ को लागि ६७ करोड ३२ लाख, ४४ हजार ३ सय २८ रुपैयाँ बरावरको अनुमानित आय प्रस्तुत गरिएको हो ।
गाउँपालिकाबाट ३२ करोड, ५३ लाख, ४३ हजार ३ सय २८ र कार्यक्रम/आयोजनाको लागि विनियोजन भई आएको बजेट (सशर्त) ३४ करोड ७९ लाख, १ हजार रहेको छ । गाउँपालिका अध्यक्ष विन कुमार थामीको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष कालिका पाठकले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा चालुतर्फ ९ करोड ८२ लाख १० हजार खर्च हुने अनुमान छ भने कूल बजेटको ५५ प्रतिशत पूर्वाधार विकास तर्फ र आर्थिक विकास तर्फ १५ प्रतिशत, सामाजिक विकास तर्फ २० प्रतिशत, विपद व्यवस्थापनतर्फ ९ प्रतिशत र सस्थागत विकासतर्फ १ प्रतिशत बजेट खर्च हुने प्रक्षेपण गरिएको छ ।
Leave a Reply