जिरी नपा ल्यायो ६० करोड ५९ लाख ६ हजार बराबरको बजेट

 पब्लिक संवाददाता      बिहिबार, असार १०, २०७८      0

ओके कान्तिपुर जिरी १० असार । जिरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ६० करोड बढीको अनुमानित बजेट ल्याएको छ ।

जिरी नगरपालिकाको आठौं नगरसभामा नगर उपप्रमुख कृष्णमाया खड्का बुढाथोकीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै ६० करोड ५९ लाख ६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तावित बजेटमा चालु खर्चतर्फ ३१ करोड ७५ लाख ५८ हजार र पूँजिगत खर्चतर्फ २८ करोड ८३ लाख ४८ हजार रहेको छ । नगरपालिकाले संघीय सरकारवाट वित्तिय

समानिकरण १० करोड ९१ लाख, सर्शत अनुदान २० करोड ३३ लाख, समपुरक अनुदान २ करोड ३१ लाख र बिशेष अनुदान २ करोड ८ लाख गरी ३५ करोड ६३ लाख र बागमती प्रदेश सरकारवाट बित्तिय समानिरकण ९१ लाख ३५ हजार, सर्शत अनुदान २ करोड ४० लाख, समपुरक अनुदान २ करोड ६१ लाख र बिशेष अनुदान ४६ लाख गरी कूल ६ करोड ३८ लाख ३९ हजार पाउने छ । नगरपालिकाले आगामी बर्षको आन्तरिक आम्दानी १ करोड हुने प्रक्षेपण गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *