भिनपाकाे८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैंया बराबरको बजेट ल्यायो

 पब्लिक संवाददाता      बिहिबार, असार १०, २०७८      0

ओके कान्तिपुर, चरिकोट , १० असार ।दोलखाको भीमेश्वर नगरपालिकाले आगामि आर्थिक बर्ष २०७८/७९ का लागि ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैंया बराबरको अनुमानित बजेट ल्याएको छ ।

भीमेश्वर नगरपालिकाको नवौँ नगरसभामा बिहीबार उपप्रमुख कमला बस्नेतले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैंया बराबरको बजेट प्रस्तुत गरेकी छिन। प्रस्तावित बजेटमा आर्थिक विकासतर्फ ४ करोड ४२ लाख ६३ हजार, सामाजिक विकासतर्फ ३५ करोड ७२ लाख ६६ हजार ५ सय र भौतिक पुर्वाधार विकासतर्फ ३७ करोड ९ लाख २ हजार , सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्रमा १ करोड ९८ लाख ५० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड ५५ लाख ९२ हजार १८ रुपैंया बजेट विनियोजनको प्रस्ताव बस्नेतले गरेकी छिन।

नगरपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान र समपुरक अनुदान गरी ५४ करोड १८ लाख र बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान गरी १० करोड ४३ लाख २७ हजार प्राप्त हुने अनुमानित बजेट प्रस्तुत गरेको छ । राजस्व बाडफाँडतर्फ संघीय सरकारबाट ८ करोड ४९ लाख १३ हजार र बागमती प्रदेश सरकारबाट ५ करोड ३६ लाख १३ हजार ५ सय १८ रुपैंया पाउने अनुमान छ।

खेलकुदको क्षेत्रमा एक वडा एक खेल मैदान निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिने, कोरोना भाइरसको बढ्दो संक्रमणको विषय परिस्थितिलाई मध्यनगर गर्दै संघिय सरकारको आर्थिक सहयोगमा चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान र आईसियु निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । भीमेश्वर नगरपालिकाले ‘एक घर एक धारा’ भन्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । भीमेस्वरले बाँझो जमिन फुटाऊ अभियान, ठूला उद्योगका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने, नगरपालिकाभित्र दिगो विकासको आधार तयार गरी नागरिकको जिवनस्तरमा सुधार गर्ने बस्नेतले जानकारी दिईन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *