ओके कान्तिपुर संवाददाता
सातदोबोटे चरिकोट १० असार । जिल्ला प्रहरी कार्यालय दोलखाले निषेधाज्ञालाई थप कडाई बनाई आगामी दिनमा समेत सचेत हुन नागरिकलाई जागृत गरेकोछ ।
दोलखाको स्थानिय प्रशासनले १२ बजे सम्म छुट गरि अन्य समयमा आबश्यक काम परेका नागरिक देखी बाहेक लकडाउण्ड हेर्न समुह बनाई निस्कनेलाई कडा कार्वाही गर्ने जनाएकोछ ।
कति घरमा बस्नु लकडाउण्ड हेर्न बाहिर निस्किएको भन्ने स्वभावका नागरिकको आज प्रहरी प्रमुख डिएसपी भेषराज रिजाल आफैं सडकमा डियुटी गरि नागरिकलागी सचेत गराउन निस्कदा धेरैको भागदौड चलेको प्रत्यक्षदर्शीहरु बताउछन ।
बजारमा भिड नगर्नुस, लकडाउण्डको नियम पालन गर्नु भनेर प्रत्यक दिन प्रहरीले माईकिङ गर्दा समेत नियम उल्लंघन गर्ने समुह र सवारीका साधनलाई प्रहरीले कार्वाही अगाडी बढाएको प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिए । । नियम उलंघन गरि ठुलो धनराशिको बाजी राखी एउटा क्यारिमबोड खेल्ने ४ जना हेर्ने ४० जना भएकोले प्रहरीले बरामद समेत गरेकोछ ।
Leave a Reply