उच्च रक्तचापको कारण बेहोस भएकी महिलाको शिल्याक्रिया बाट सुत्केरी गराउन सफल चरिकोट अस्पताल

 पब्लिक संवाददाता      मङ्लबार, असार ८, २०७८      0

दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा ८ असार । उच्च रक्तचापको कारण बेहोस भएकी महिलाको शल्यक्रिया गरि चरिकोट अस्पतालले आमा र बच्चाको ज्यान जोगाएको छ । डाक्टर बिनोद दंगालको टिमले दिएको उत्कृष्ट प्रसुति सेवा कारण उनीहरुको बाँचन सफल भएका हुन।
हल्का अलि अलि चेत रहेछ,तर बच्चा पाएपछि भोलीपल्ट मात्र मलाई थाहा भयो म अस्पतालमा रहेछु बैत्यश्वर ५ की सावित्री खड्काले भन्निन । वान हर्ट वोल्ड वाईडमा काम गर्ने स्टाप नर्स साधना थापालाई गाउलेहरुले खबर गरेपछि तत्काल एमुलेन्सबाट उनको उद्धारी चरिकोट अस्पातलमा उपचार गरेको बिरामीका आफन्तले बताए ।
उनकी सानीमा राधिका थापाले भन्छिन प्रेसरको कारण बेहोस भएकी छोरीलाई गाउँको स्वास्थ्य चोैकीमा जाँदा बच्चाको धडकन कम छ। प्रेस गर्भवतीको बढी छ भने पछि वान हर्ट वोल्ड वाईड संस्थाले उदार गरेको छ ।
वान हर्टमा संस्थाले मातृ तथा नवजात शिशु मृत्यूदरमा कमी ल्याउन टेवा पुगोस भन्ने ृदेश्यले २०७७ साउनबाट दोलखा जिल्लामा एमएन एच कार्यक्रम सुर गरेको थियो । यो कार्यक्रमका कारण चरिकोट अस्पतामा ५६ र जिरी अस्पतालमा ४ गर्भवतीले सुत्केरी सेवा पाएकाछन । लकडाउनको समयमा पनि बर्थिङसेन्टरहरुमा परार्मश सेवा प्रदान गर्दै १० जना गर्भवतीले सुत्केरी सेवा पाएकाछन ।
गभर्वती महिलाहरुलाई केही अप्ठ्यारो परे वान हर्ट वोल्ड वाईड संस्थाले हेल्पलाईन सेवा समेत प्रदान गर्दे आएको छ । स्वयम गर्भवती तथा स्वास्थ्य संसथाले गर्भवती सम्बनधी जस्तो सुकै समस्या बताए पनि यो संस्थाले सहयोग गर्दै आएको वान हर्ट वोल्ड वाईड संस्थाका जिल्ला संयोजक गौरव आचार्य बताए ।

कोभिड को अबस्थामा गर्भवती,सुतकेरी महिला संग नर्स कार्यक्रम,नियमित गर्भ चेक जाँच, सुत्केरी जाँच, स्वास्थ्य संस्थामा आउदा कोभिडको संक्रमण हुने जोखिम न्यून गर्न फोनबाट परामर्स सेवा , स्वास्थ्थ संस्थामा आउन आवश्यकहरुलाई तत्काल ल्याउन सहयोग र समुदायको मातृ तथा नवजात शिशु स्याहर र सेवा सम्बन्धीत धारण संकलन कार्यक्रमहरु दोलखामा संचालन गदै आएको चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालले जानकारी दिए । यो कार्यक्रमले स्वास्थ्यको श्रेत्रमा कोशे ढुङ्गा सावित भएकोछ ।
गर्भावस्था र प्रसवसँग सम्बन्धित सबै रोक्न सकिने मृत्युहरूको अन्त्य गर्ने उदेस्य का साथ वान हार्ट वल्र्डवाईड दोलखा जिल्ला मा काम गर्दै आएको छ । जिल्ला समन्वय समिति,स्वास्थ्य कार्यालय, पालिका कार्यालय, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सँग सम्न्वय गर्दै मातृ, नवजात शिशु स्वास्थ्य सँग सम्ब्न्धित थुप्रै कार्यक्रम गर्दै आएको छ ।
मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रवाहमा वृद्धि गर्ने । स्वास्थ्य सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गर्ने । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने र अध्ययन र अनुसन्धान मार्फत तथ्य संकलन गर्ने काम गरिरहेको चरिकोट अस्पतालकी स्टाप नर्स फेसी जिरेल बताईन ।

दुर्गम ग्रामीण क्षेत्रहरूमा जहाँ आमा र उनीहरूका नवजात शिशुहरू सबैभन्दा जोखिममा छन् उनिहरुको स्वास्थ्यमा सुधार गर्न निरन्तर रुपमा दोलखा जिल्ला को स्वास्थ्य कार्यालय , समुर्ण पालिका र स्वास्थ्य संस्था हरु लाई सहयोग गर्दै आएको छ । त्यसै गरी मातृ र नवजात सिशु मृत्युदरको जोखिम कम गर्न गुणस्तरीय स्वास्थ्य सेवाहरूको पहुँच र पहुँच सुधार गर्न जिल्ला मा मुख्य भूमिका खेल्दै आएको वान हार्ट वल्र्डवाईड संस्थाकी नर्स साधना थापा जानकारी दिईन ।

उनले भनिन् ४६ लिटर का १० ओटा अक्सिजन सिलिन्डर चरिकोट अस्पताललाई वान हार्ट वल्र्डवाईड ले हस्तान्तरण गरेको छौ । त्यसै गरी गर्भवती र सुत्केरी महिलाहरु मा कोभिड् संक्रमण भइ होम आइसोलेसन मा बसेका हरुलाई आइसोलेसन किट प्रदन गर्ने तयारी मा रहेको थापाले बताईन । सो किट मा पल्स अक्सी मिटर्, थर्म मिटर्, मेडिकल माक्स्, ह्यान्ड स्यानिटाइजर्, टिस्सु पेपर्, पन्जा, प्यारासिटामोल् लगायत का अन्य सामग्रीहरु रहने छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *