नागरिकहरुको सुरक्षित लागी प्रहरीले बनायो तिनवटा टेन्ट, चिनियाँहरुले कटाएको लेदो ड्याम साईट आईपुगेको आयोजनाको दाबि

 पब्लिक संवाददाता      शनिबार, असार ५, २०७८      0

दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा, ५ असार । माथिल्लो तामाकोशी जलबिधुत आयोजनाको ड्याम साईटमा लेदो पानी आएपछि इलाका प्रहरी कार्यालय सिंगटीले नागरिकहरुलाई सुरक्षित स्थानका लागी तिनवटा टेन्ट निमार्ण गरेकोछ ।
तेदो पानी आए पनि दुई घण्टा सहजरुपमा भरिन लाग्ने हुदा तत्काल नआतिन आयोजनाका प्राविधिकहरुले जानकारी गराएको प्रशासन प्रमुख मित्रमणि पोखरेलले बताए । पोखरेलले भने निरन्तर आउने पानीको बहावमा केही बढेको छ । तर चाईनीहरुले पानी क्रमश तर्काएको हुनु पर्छ,भेलबाढी आएको छैन प्रशासन प्रमुख पोखरेलले दाबि गरे ।
एक टेन्टमा २५ जना सम्म खट्ने गरि बिगु गाउँपालिकाको सहयोगमा प्रहरीले निमार्ण गरेको हो । यति खेर नागरिकलाइृ सुसुजित गराउन प्रहरीले तामाकोशी नदीको आसपासमा माईकिङ गरिरहेकोछ ।
भारी बर्षासँगै गएको पहिरोले थुनिएको तिव्वतको टिंग्री काउन्टीमा पर्ने रोडसी खोलाले तालको आकार लिएको छ लामो समयदेखि खोला थुनिदा तालमा परिणत भएपछि चिनियाँ अधिकारी र सुरक्षाकर्मीले खोलाउने प्रयास गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने तामाकोशी नदीको मुख्य सहायक खोलाकोरुपमा रहेको रोङसी खोला खुलाउनका लागि दिउँसो चिनियाँ टोली पहिरोस्थल पुगेको छ ।
उनले भने खोला थुनिएर निकै ठूलो ताल बनेका कारण तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेको छ । स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ख्याल गरी तामाकोशी नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन समेत गरेको घिमिरेले बताए ।
पहिरोले खोला थुनिएर ताल बनेको क्षेत्र नेपाल र चिनको सिमा जोडिएको ६० र ६१ नम्बरको सीमा स्तम्भ नजिकै रहेको छ । तर, सो क्षेत्रमा नेपाली टोली जान सक्ने अवस्था नभएपछि चिनियाँ टोली खटिएको हो यति बेला माथिल्लो तामाकोशी आयोजनाले पनि लावमागरमा रहेको जलाशयमा पानीको सतह ९ मिटर घटाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *