दीपशंकर चौलागाई
दोलखा ५ असार । बाग्मती प्रदेश सरकारले दोलखाका नौ बटै पालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोनाबाट आक्रान्त बनेको नागरिकको जिबन रक्षाको लागी र ज्यान गुमाएका नागरिकका परिवारलाई उद्धार गर्न प्रदेश सरकार लागी परिरहेकोछ । आज दोलखा सदरमुकाम चरिकोटमा रहेको स्वास्थ्य कार्यालयको प्राङ्गण पालिका प्रमुख तथा उपप्रमुखहरुलाई स्वास्थ्य उपकरण तथा सामग्री बाग्मती प्रदेश सरकारकी सामाजिक बिकास मन्त्रि सरस्वती बस्नेतले बितरण गर्नु भएकोछ ।
सामाजिक बिकास मन्त्रि बस्नेतले कोभिडको संक्रमणबाट नागरिकलाइ बचाउन सम्पूर्ण स्वास्थ्य संस्थालाई जनशक्ति, प्राबिधि र सामग्रीमा मजबुत बनाउनु पर्ने ठहर गर्दे प्रदेश सरकार लागी परेको बताउनु भयो ।
पालिका अस्पताहरुमा भेन्टीलेटर,पल्सअक्सीमिटर,सेनिटाईजर,माक्स,अक्सिजन सिलिण्डर र कोभिड संक्रमण बिरुद्धका सबै खाले औषधि बाग्मती प्रदेश सरकारले दोलखामा बितरण गरेको छ ।
समाजिक विकास मन्त्रालयको स्वास्थ्य आपूति ब्यबस्थापन केन्द्रका बाट १३ वटै जिल्लाका स्वास्थ्यसंस्थामा आबश्यक समाग्रीहरु विभिन्न समयमा पठाई रहेको स्वास्थ्य आपूति ब्यबस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीले बताउनु भयो ।
अस्पताल संचालन गर्न चाहिने कुनै समानको अपुग प्रदेश सरकारले नगराएको निर्देशक अधिकारीले बताउनु भयो । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाइ आबश्यक पर्ने स्वास्थ्य सामग्री प्राप्त मात्रामा बितरण गर्दै आएको छ । यस पटक ७५ हजार सर्जीकल माक्स,६ हजार एननाईन्टीन फाईप माक्स, एक्सरे मिसिन,अक्सिजन कन्सन्टेटर लगायतका समान बितरण गरेको छ ।
Leave a Reply