
दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा ४ जेठ । दोलखासँग सिमाना जोडिएको छिमेकी मुलुक चिनको स्वशासित क्षेत्र तिव्यतमा भारी वर्षासँगै आएको पहिरोले नदीकों प्रवाह रोकिदा नदी थुनिएकाले तामाकोशी नदीमा बाढी आउने खतरा बढेको छ ।
नेपाल चीन सीमा क्षेत्रमा रहेको Tingri county को RongXia शहर र सोको आसपासमा भारी वर्षा आएसंगै पहिरो आउदा नदिको प्रवाह रोकिन गएकोेले नेपालको तामाकोशी नदिमा पानीको मात्रा बढ्न सक्ने जनाएकोछ । तमाकोशी नदिमा पानीको बाहाव बढी आसपासको क्षेत्रलाई क्षति पुराउने हुदा सुरक्षित स्थान तर्फ जान आग्रह गरिएको हो ।
नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदिको तटिय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना भन्दै सुरक्षित स्थान तर्फ जान जिल्ला प्रशासन कार्यालय दोलखाले नागरिकलाई आग्रह गरेकोछ ।
तामाकोशी नदी आसपासको क्षेत्रमा बसोवास गर्नुहुने सम्पुर्ण दिदीवहिनी तथा दाजुभाइहरु सतर्क र सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुदा साथ सुरक्षित स्थान तर्फ जान हुन एक सुचना जारि गर्दै प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे आग्रह गरेकाछन।
घिमिरेले स्थानीयतहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउनु हुन समेत अनुरोध गरेकाछन। वहाव बढ्ने गरेको छ । तामाकोशी नदीमा बाढी आए नेपाल र चिन वीचको सिमानामा रहेका बस्ति सहित दोलखाको लामावगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षेति गर्नेछ ।
Leave a Reply