राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा दोलखाका विभिन्न संचार गृह लाई स्वास्थ्य सामग्री हस्तान्तरण

 पब्लिक संवाददाता      बिहिबार, असार ३, २०७८      0

ओके कान्तिपुर
दोलखा ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले दोलखाका विभिन्न संचार गृहहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । राप्रपा दोलखाको संयोजनमा प्रवासी नेपालहरुबाट प्राप्त स्वास्थ्य सामग्रीहरु विहिवार संचार गृहलाई प्रदान गरिएको हो ।
दोलखा जिल्ला कार्यक्षेत्र बनाएर काम गरिरहेका विभिन्न संचार गृहहरुमा कार्यरत पत्रकारहरुलाई कोभिडको जोखिमबाट बच्न सहयोगहोस भनी स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले बताए ।
विहिवार एक कार्यक्रमको आयोजना गरी राप्रापाले दोलखा जिल्ला कार्यक्षेत्र बनाएर काम गरिरहेका १७ ओटा अनलाईन, चार वटा रेडियो तथा दुईवटा साप्ताहिक पत्रिका तथा दिक्षण राष्ट्रिय दैनिकलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको राप्रपा दोलखाले बताएको छ ।
प्रत्येक पत्रिका तथा अनलाईनहरुलाई दुईसय थान माक्स तथा आधालिटर सेनीटाइजर, रेडियोहरुलाई ५ सय थान माक्स, ५ लिटर सेनीटाइजर तथा एक थान अक्सी मिटर उपलब्ध गराइएको छ । यसैगरी नेपाल पत्रकार महासंघ दोलखा शाखालाई ५ सय थान माक्स र पाँच लिटर सेनिटाइजर उपलब्ध गराइएको छ
नेपाली सेनाको तारादल गण लाई ४ हजार थान माक्स तथा १० लिटर सेनिटाइजर उपलब्ध गराइएको राप्रपा दोलखाले बताएको छ ।
यस्तै प्रत्येक स्थानीयतहका राप्रपा अध्यक्ष मार्फत स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुलाई पाँचसय थान माक्स र पाँच लिटर सेनिटाइजर उपलब्ध गराईने राप्रपा दोलखका संयोजक राजन बहादुर शिवाकोटीले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *