लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकको सेना र प्रहरीले द्धारा उद्धार

 पब्लिक संवाददाता      बिहिबार, असार ३, २०७८      0

दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा ३ असार । चिनको स्वाशासित क्षेत्र तिब्बत संग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले उद्धार गरेको छ ।
टेलिफोन सम्पर्क बिच्छेद भएका कारण एक दिन कष्टकर दिन बिताएका यि नागरिकलाई खबर पाउन साथ नेपाली सेना र प्रहरीले उद्धार गरेकाछन ।
बिगु गाउँपालिकाका उपाध्यक्ष सजिव ओलीको अगुवाईका आएको पलिकाको टोली सहित भएर डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सुशिल केसीले बताए ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजना ड्याम साईटको माथिल्लो भागमा आउने छाँगो बाट नागरिक आउन नसकेपछि डोरी लगाएर १२ जना पुरुष १० जना महिलाको उद्धार गरेको केसीले जानकारी दिए ।
अबिरल बर्षा भएपछि घर फर्किएका यार्सा गुम्बा टिप्ने र केही माईक्रोहाईड्रोमा काम गर्ने नागरिकलाई उद्धार गरेको जिल्ला प्रहरी कार्याल दोलखाले जनाएकोछ । बर्षका कारण लामाबगरमा रहेको तामाकोशीको ड्याम साईटमा काठका मुढा भरिएपछि डुङ्गाबाट उनीहरुलाई लामाबगर तार्न नसकिएको कारण भिरबाट डोरीको साहायताले उद्दार गरेको हो । मानविय सेवामा दोलखा प्रहरी अहेरात्र खटिरहेका छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *