विपदजन्य जोखिम ब्यबस्थापनको पूर्व तयारीमा दोलखाको स्थानिय प्रशासन

जोखिमका क्षेत्रलाई रेडजोन, एल्लो जोन छुट्टाएर काम गर्न आबश्यक

 पब्लिक संवाददाता      बिहिबार, असार ३, २०७८      0

जोखिमका क्षेत्रलाई रेडजोन, एल्लो जोन छुट्टाएर काम गर्न आबश्यक
दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा ३ असार । विपदजन्य जोखिमलार्ई ब्यबस्थापन गर्न दोलखाको स्थानिय प्रशासनले पूर्व तयारी गरेको छ ।
बर्तमान अबस्थामा रहेको दोलखाको स्थानिय प्रशासनले भूगर्भ विभागले भूकम्पबाट प्रभावित एक बाढी पहिरोका पछिल्ला केही घटनाहरू हेर्ने हो भने पूर्व तयारी कहीं कतै पनि भएको नदेखिए पछि दोलखाको प्रशासन बेलैमा सचेत भयो हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने विपद ब्यबस्थापनको लाई जिल्लामा रहेको नेपाल प्रहरी ,नेपाली सेना ,सशस्त्र प्रहरी खबर पाउन साथ तत्काल रेसकियू गर्न तयारी अबस्थामा राखेका छौ । डिभिजन सडक कार्यालय चरिकोटमा रहेको डोजर स्काभेटर लगायतका सवासीको साधन तयारी अबस्थमा राखेको प्रजिअ घिमिरे बताए ।
मनसुन प्रतिकार्य योजना स्थानिय प्रशासनले तयार गरेको छ । यसको लागी थप योजना बनाउनको लागी आगामी आईतबार जिल्ला बिपल ब्यबस्थापन मितीको बैठक बस्दै छ प्रजिअ घिमिरेले जानकारी दिए । स्थानिय तहहरुलाई उद्दार, राहत, स्थानान्तरण र पुनःनिर्माणलाई नै उत्तिकै प्राथमिकताका दिन प्रजिअले अनुरोध गरेकाछन ।
चरिकोट स्थित तारादल गणले बिपद ब्यवस्थापनको लागी एक सय ४ जना तालिम प्राप्त सैन्य जनशक्ति तयारी अबस्थामा राखेको छ । जिल्लामा रहेका गुल्म तथा सुरक्षा बेसक्याम्पहरुमा समेत तालिम प्राप्त नेपाली सेना सहित बिपद ब्याबस्थापन सामाग्रीहरु तयारी अबस्थामा राखेको गणपति अनिल केसीले जानकार िदिए ।
जिल्ला प्रशासन कार्यालय दोलखाका बिपद ब्यबस्थापनको लागी प्राप्त र ब्यारेकमा रहेको थपसामग्रीहरु समेत तयारी अबस्थामा रहेको गणपति केसीले बताए । उने भने जिल्लाका कुनै स्थान बिपदमा परेको सुचना आए १० देखी १५ मिनेट भित्र तयारी सामग्री सहित उपलब्ध हुने गरि तयारी अबस्थामा रहेको केसीले बताए । गुल्म तथा सुरक्षा बेसक्याम्प बाट सैन्य शक्ति पठाई थपका लागी गण रहेको हेडक्वाटर सैन्य शक्ति पठाउने तयारीमा रहेको उनले जानकारी दिए । प्रकोपजन्य जोखिमबाट वर्षमा एक हजार बढीको ज्यान जाने गरेको छ भने पाँच लाखबढी मानिस प्रभावित हुने गरेका छन् । हजारौं घरहरूमा क्षति पुग्छ । पहाडी क्षेत्रका दर्जनौं जिल्लाहरू पहिरोको उच्च जोखिममा छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजाल भन्छन विपद ब्यवस्थापन आफैंमा एक चुनौतीपूर्ण कार्य हो । विपद न्यूनीकरणका लागि पूर्वतयारी नै मुख्य हुन्छ । उनले भने विपद ब्यबस्थापनको लागी जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षकको कमाण्डमा २५ जना तालिम प्राप्त प्रहरी टोली तयारीमा राखेका छौ । जिल्लाका इलाका प्रहरी कार्यालयहरुमा सात जनाको विपद ब्यबस्थापन टोली तयारी अबस्थामा राखेको प्रनाउ रिजालले बताए । स्थानिय तहहरु ,नेपाल रेडक्रस र नेपाल पत्रकार महासंघ संग समन्वय गरि रहेको दोलखा प्रहरी अघि बढी रहेको छ । विपद ब्यबस्थापनको लागी कुटो ,कोदालो, देखी पावर चेन सक सम्मका सामग्री र सवारीका साधनहरु तयारी अबस्थामा राखेको प्रहरी प्रमुख डिएसपी रिजालले जानकारी दिए । उनी भन्छन विपदको सुचना आएको तत्कालै प्रहरी परिचालन गर्ने गरि तयारी गरेको छु ।
बस्ती वरपरका सडकहरू चिरा पर्नु, पानी आइरहेका धाराहरूमा अचानक पानी आउन बन्द हुनु, हिउँदको समयमा पनि धमिलो पानी आउनुलाई विज्ञहरूले पहिरोको पूर्व तयारीको संकेतक भनेकाछन। प्राकृतिक प्रकोपहरू भूकम्प, आँधीबेरी, , बाढी, लगायतले जोखिमलाई विपद जोखिमको सूचीमा राखिएको छ । यी र यस्ता जोखिमले मानव जाति र सभ्यतालाई नै क्षति पु¥याएको हुन्छ । देशमा हुने विपद जोखिममा पूर्व तयारी र विपदको ब्यवस्थापनलाई ब्यवस्थित गराउन प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
खानी तथा भूगर्भ विभाग, इसिमोड लगायतले पनि पहिरोको उच्च जोखिमका क्षेत्रका बारेमा सरकारलाई आवश्यक कदम चाल्न सुझाव सहितका रिपोर्टहरू दिएको भएपनि त्यसतर्फ सरकारले चासोका साथ नहेरेको विपद ब्यवस्थान विज्ञको भनाई छ ।
मनसुन शुरु हुनुपूर्वको समयावधि पूर्व तयारीका लागि हो भन्ने कुरा केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले बुझ्ने हो भने प्रकोपजन्य जोखिम कमगर्न सकिन छ । जोखिमका क्षेत्रलाई रेडजोन, एल्लो जोन भनेर छुट्टाएर काम गर्नुपर्छ । रेडजोन भन्नाले बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने हो भन्ने हुन्छ । एल्लोजोन भन्नाले आवश्यक पुर्वाधार कुनै संरचनाहरू बनाएर जोखिम कम गर्न सकिने क्षेत्रका रुपमा बुझ्नुपर्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *