अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर सहयोग

 पब्लिक संवाददाता      बिहिबार, असार ३, २०७८      0

गीताकृष्ण शर्मा
ओके कान्तिपुर संवाददाता
मैनापोखरी, ३ असार। लिभिङ ब्याप्टिस्ट चर्च ललितपुरले दोलखा जिल्लाका बिभिन्न ४ वटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर मेसिन सहयोग गरेको छ ।

स्थानीय अगुवा तथा समाजसेवी बलराम शिवाकोटीको पहलमा मंगलबार बैतेश्वर गाउँपालिका -५, मैनापोखरी स्थित बैतेश्वर अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर र १ वटा पानी तताउने सामग्री सहयोग गरेको छ । त्यसैगरी चर्चले जिल्लाको चरिकोट अस्पताललाई २ वटा वाटर बोइलर जिरी नपा-१ र २ मा रहेको श्यामा अस्पताल र माली अस्पताललाई १/१वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

दोलखा जिल्ला इसाई समाजका अध्यक्ष तथा स्थानिय समाजसेवी शक्ति पाख्रीन, बिगुल फाउन्डेसनका संरक्षक समाजसेवी लक्ष्मण गुभाजु र स्थानीय अगुवा तथा समाजसेवी बलराम शिवाकोटीको विशेष पहलमा दोलखाको विभिन्न अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर हस्तान्तरण गरेका छन् ।

कोरोना संक्रमणले गाउँ र बजारबासीलाई ग्रस्त पारिरहेको बेला उपचार र रोकथाम गर्न उक्त उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेको बप्टिस्ट चर्चका उपाध्यक्ष पास्टर राजेन्द्र मल्लले बताउनु भयो ।

चर्चले यस अघिपनि विपतको बेला विभिन्न क्षेत्रमा गई उद्दार तथा राहत वितरण गरेको थियो । २०७२ सालको भुकम्प पछि पनि यो चर्च मार्फत भुकम्प प्रभावित सयौं परिवारलाई खाद्यान्न लगायत आवश्यक राहत सामग्री वितरण गरेको थियो ।

चर्चले कोभिड-१९ महामारी बिरुद्धको अभियान लिएर संक्रमण रोकथाम र नियन्त्रणमा समुदायमा सह्रानिय काम गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *