तरुणदलको गर्जन , चरिकोट अस्पतालको नाम परिवर्तनमा आपत्ति

सातदोबाटेको स्तुपामा भिमबहादुर तमाङको सालिक र गौरिशंकर क्याम्पसलाई आङदोर्जे शेर्पा स्मृति बहुमुखी क्याम्पस बनाउन जोडदार माग

 पब्लिक संवाददाता      बुधबार, असार २, २०७८      0

सातदोबाटेको स्तुपामा भिमबहादुर तमाङको सालिक र गौरिशंकर क्याम्पसलाई आङदोर्जे शेर्पा स्मृति बहुमुखी क्याम्पस बनाउन जोडदार माग

दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा २ असार । बागमती प्रदेश सरकारले दोलखाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाई स्मृति अस्पताल बनाउन निर्णयको नेपाल तरुणदल दोलखाकाले आपत्ती जनाएकोछ ।
बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको २०७८∕७९ को बजेट वक्तव्य मार्फत चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाई स्मृति अस्पताल बनाउने भनी गरेको निर्णय प्रति नेपाल तरुण दल दोलखाको गम्भीर आपत्ती जनाएको हो ।
कोभीड निमोनियाका कारण निधन हुनुभएका स्वर्गिय पशुपति चौलागाई दोलखा जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ (ख) का प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्थ्यो । जिल्लाको विकासमा उहाँले पुयाउनुभएको योगदानको तरुण दल दोलखा प्रशंसा गर्दछ । उहाँको निधन भएपश्चात चौलागाईको नाममा प्रदेश सरकारले प्रदेश भरीका कुनै स्थानमा ठुलो अस्पताल शिक्षालय विश्वविद्यालय, कलेज, राजमार्ग आदी ईत्यादी जस्ता ठुला खाले पूर्वाधार बनाएर उहाँको सम्मान गर्ने अपेक्षा हामी दोलखाबासीले राखेका थियो।
तर अघि जै भौतिक संरचना तयार भएको चरिकोटअस्पतालको साईनबोर्ड मात्र फेर्ने गरी ल्याएको कदमले उहाँको मृत्यू पछि पनि नेकपा एमालेले अपमान गरेको नेपाल तरुण दल दोलखाको ठहर भएको अध्यक्ष दावा साँङगे शर्पाले बताए । उनले भने साईनबोर्ड मात्र फेर्नुको साटो बजेट व्यवस्था गरेर समग्र जिल्ला वा प्रदेश स्तरकै ठुलो योजना ल्याउन प्रदेश सरकारलाई सुझाव दिन चाहन्छु ।
त्यस्तै नेपाली राजनितिमा निष्ठा र त्यागका प्रतिमुर्तीका रूपमा चिनिनुभएका दोलखाबासीका प्रिय नेता निष्ठावान आदर्श पुरुष स्वर्गिय भीमबहादुर तामाङले दोलखाको शैक्षिक, आर्थिक तथा सामाजिक सबै क्षेत्रको समझ विकासमा पुयाउनु भएको योगदान जिल्लाबासीले बिर्सन सक्दैन । नेपाल तरुण दल दोलखाले उहाँको गृह जिल्ला दोलखामा तामाङको सम्मान स्वरुप चरिकोटस्थित सातदोबाटोमा रहेको स्तम्भ माथी स्व तामाङको शालिक स्थापना गर्ने घोषणा समेत गरेको छ । तरुण दलका उपाध्यक्ष चित्र तमाङ भन्छन लामोसाँगु जिरी सम्मको सडकलाई तत्काल भीमबहादुर तामाङ राजमार्ग नामाकरण गर्नुपर्छ । जनआवाजको माग सरकारले गर्नु सरकारको दायित्व भएकोले सरकार समक्ष जोडदार माग समेत तरुणदल दोलखाले गरेको उपाध्यक्ष तमाङले बताए।
जिल्लाको सबैभन्दा जेठो गौरीशंकर बहुमुखी क्याम्पस दोलखा जिल्लाका शिक्षासेवी एवं राजनितिक सामाजिक तथा विशिष्ट व्यक्तित्व समाजसेवी स्वर्गिय आङदोर्जे शेर्पाको विशेष योगदान पहलमा स्थापना भएकोले उहाँको सम्मान लागी आङदोर्जे शेर्पा स्मृति बहुमुखी क्याम्पस बनाउन समेत तरुण दल दोलखाले सरकार संग माग गरेको तरुणदलका अर्का उपाध्यक्ष बिन्दुर कार्कीले जानकारी दिए । कार्की भन्छन तरुणदलका यि माग सुनुवाई नभए कडा आन्दोलन गर्ने छौं ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *