बिकासको लागी बचत गर्ने चेतना र प्राबिधि शिक्षा पालिका आबश्यकता

सामुदायिक विकास केन्द्रको भवनलाई पूर्णता दिन सहयोगको अपिल

 पब्लिक संवाददाता      मङ्लबार, असार १, २०७८      0

सामुदायिक विकास केन्द्रको भवनलाई पूर्णता दिन सहयोगको अपिल

बसन्त थामी
ओके कान्तिपुर संवाददाता
कालिञ्चोक १ असार । विकासको दृष्टिकोणले पछाडि परेको दोलखा जिल्ला कालिन्चोक गाउँपालिकाका १ बस्तीमा भन्दै गरेको सामुदायिक विकास केन्द्रको भवन आर्थिक अभाबका कारण अलपत्र परेकोछ ।
नामसालिङ सामुदायिक विकास केन्द्रको १० लाख सहयोग आधा मात्र बनेपछि आर्थिक अभाबका कारण अलपत्र पर्न गएको हो ।
सामुदायिक विकास केन्द्रको भवनलाई पूर्णता दिन आर्थिक अभाव भएकोले संघिय,प्रदेश र स्थानिय सरकारलाई यहाँका नागरिकले अपिल गरेको कालिञ्चोक १ काट पूर्णबहादुर थामीले बताए । करिब १० लाख भए केन्द्रको भवन निमार्ण हुने हुदा सहयोगी अन्य संस्थाहरु संग पनि स्थानियले अपिल गरेका हुन ।
दोलखा सदरमुकामबाट उतरी भेगमा पनयो बस्तीमा विभिन्न जात जातिको बसोबास रहेको छ । यहाँ थामी ,तामाङ ,नेवार,मगर,क्षेत्री, शेर्पा र दलित समुदायको साझा फुलबारीको रूपमा यो बस्ती लाई हेरिन्छ । शिक्षाको पछाडि परेको समुदायलाई माथि उठाउन कालिन्चोक सामुदायिक विकास केन्द्रको बिकास गर्दै नागरिकमा जनचेतना जागृत गराउने उदेश्य रहेको कालिञ्चोक सामुदायिक विकास केन्द्रका सचिव समेत रहेका थामीले जानकारी दिए ।
“यो बस्तीको विकासको लागी यहाँका नागरिकलाई प्राबिधि शिक्षा आजको आबश्यकता छ । नेपाली शैक्षिक बजारमा बिक्ने जनशक्ति उत्पादनको लागी प्राबिधि शिक्षा आबश्यक परेको हो । आर्थिक रुपमा नागरिको जिबनस्तर उठाउन सहकारकिो अबध।रण जागृत गराई बचत गर्ने बानी बसाल्न आबश्यक छ । ” कालिञ्चोक सामुदायिक विकास केन्द्रका अध्यक्ष पदमबहादुर थामीले भने ।
“सामुदायिक विकास क्षेत्र भवन पहिलो चरणमा सम्पन्न भएको र यसलाई पूर्णरुपमा निमार्ण सम्बन्धित सरोकारवाला सबै पक्षको ध्यान जान जरुरी भएको बताउदै वडा अध्यक्ष बबुलाल थामिले भने भवन निमार्णको लागी सकारात्म छु । ”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *