दोलखामा लगातार ४८ दिन निषेधाज्ञा

दोलखामा लगातार ४८ दिन निषेधाज्ञा

 पब्लिक संवाददाता      सोमवार, जेष्ठ ३१, २०७८      0

दोलखामा लगातार ४८ दिन निषेधाज्ञा
दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा, ३१ जेठ । कोरोना महामारीका कारण दोलखामा थप ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि असार ७ गते राति १२ बजेसम्मका लागि दोलखा जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले जिल्लामा सक्रिय संक्रमितको संख्या उल्लेख्य रहेका कारण संक्रमणको रोकथाम र नियन्त्रणकालागि निषेधाज्ञा जारी भएको जानकारी बताए ।
कोरोनाको दोश्रो लहरपछि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार दोलखामा पाँचौं पटक निषेधाज्ञा जारी गरेको हो । असार ७ गतेसम्म गरी दोलखा जिल्लामा लगातार डेढ महिना भन्दा बढी अर्थात ४८ दिन निषेधाज्ञा हुनेछ । जिल्लामा लगातार निषेधाज्ञा जारी भएपनि गाउँघरमा संक्रमण निरन्तर फैलिईरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *