ओके कान्तिपुर संवाददाता
शहरे २९ जेठ । नागरिकहरु कोरोना कहरबाट आक्रान्त भएपछि जिबन रक्षाका लागी सामाजसेवि युवा उदव खातीले करिब ६० हजार बराबरको स्वास्थ्य सामाग्री शहरे स्वास्थ्य चोकीलाई सहयोग गरेकाछन ।
तामाकोशी गाउँपालिका ५ शहरेका लोकप्रिय युवा, नेकपा माओवादीका जिल्ला कमिटी सदस्य खातीले शहरे स्वास्थ्य चौकीलाई नागरिकको जिबन रक्षा लागी ५०० पीस माक्स,२ सेट अक्सिजन सिलिण्डर,१० लिटर सेनिटाईजर हस्तान्तरण गरेका छन ।
शहरे स्वास्थ्य चौकीका ईन्चार्ज युवराज केसीले जनहितमा काम गर्न गर्ने व्यक्ती तथा संघ संस्थाहरुलाई जतनतालाई अप्ठ्यारोमा परेको समयमा आउन समेत अपिल गरे । अन्य समयमा समाजिक काम भनेर भन्नु बेकार हुन सक्छ केसीले भने दानबिर युवा खातीले समय सान्दार्भिक स्वास्थ्य समाग्री दिएको र यसको उपयुक्त प्रयोग गर्ने केसीले बताए । उनले भने नागरिकको जिबन रक्षाको लागी खातीले अन्य समयमा पनि काम गरि रहेको स्वास्थ्य चौकीका ईन्चार्ज युवराज केसीले जानकार दिए ।
Leave a Reply