स्वार्गीय गौतमका १३ दिनको पून्य तिथिमा शोकसभा सहित अक्षय कोषको स्थापना

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ २९, २०७८      0

भरत रोहन श्रेष्ठ
ओके कान्तिपुर
दोलखा २९ जेठ । स्वार्गीय रबिन्द्र गौतमको १३ दिनको पून्य तिथिमा नेपाल पत्रकार महासंघ दोलखाकाले जुम मार्पmत शोकसभा गरेकोछ ।
नेपाल पत्रकार महासंघका कार्यसमिती सदस्य एवम अन्नपूर्ण पोष्ट ,एपी वान टेलिभिजनका दोलखा संवाददाता गौतमको शोक सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले गौतमको मृत्युले नेपाली पत्रकारीतामा अपूर्ण क्षति भएको बताए । उनले बिपद् तथा महामारीमा पत्रकारको उद्धार उपचारका लागि पत्रकार महासंघ केन्द्रले पनि कोषको स्थापना गर्ने तयारी गरेको जानकारी दिए । स्वार्गीय गौतमको नाबाक छोरीहरुको शिक्षादिक्षाको लागी महासंघले सहयोग गर्ने प्रबिद्धता जाहेर गरे ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देल, केन्द्रीय महासचिव शिवाकोटी, बरिष्ठ पत्रकार अखण्ड नेपाली कांग्रेस दोलखाका सभापति रुद्रवहादुर खड्का, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, प्रदेश अध्यक्ष शिव देवकोटा, संघका पूर्व कोषाध्यक्ष लक्ष्मण खड्का, दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्रहरी नायव उपरिक्षक भेषराज रिजाल, राप्रपाका जिल्ला अध्यक्ष राजनवहादुर शिवाकोटी, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौंलागाई , पत्रकार नेताहरु श्याम खतिवडा, प्रभु जिरेल लगायतले स्वर्गीय पत्रकार गौतमप्रति सोक मन्तव्य व्यक्त गरेका थिए ।
शोक सभामा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल ,महासचिव अजय शिवाकोटी ,नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले स्वार्गीय गौतमको नाममा पत्रकारिता पुरस्कार राख्ने घोषण गरेकाछन ।

अक्षय कोषको स्थापना
कोरोनाका कारण मृत्यु भएका दोलखाका पत्रकार रविन्द्र गौतमका छोरीहरुलाई अध्ययनका लागि नेपाल पत्रकार महासंघ दोलखा शाखाले अक्षय कोषको स्थापना गरेको छ । स्वर्गीय पत्रकार गौतमको १३ औं दिनको पुण्यतिथिको अवसरमा महासंघ दोलखा शाखाले उनकी कान्छि छोरीको नाममा अक्षय कोष स्थापनाको घोषणा गरेको हो । महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौंलागाईले पत्रकार महासंघले ११ हजार १ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराएर अक्षय कोष स्थापना गरेको घोषणा गरेपछि भर्चुअल श्रद्धाञ्जली सभामा विभिन्न व्यक्तिहरुले सो कोषमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। ति मध्ये कतिपयले प्रभु बैंक दोलखा शाखामा स्वर्गीय गौतमकी कान्छि छोरी राजश्री गौतमको नाममा खोलिएको खातामा सहयोग जम्मा गरिसकेका छन् भने केहीले सहयोगको प्रतिवद्धता जनाएका छन् ।
सो कोषमा राप्रपाका केन्द्रीय सदस्य एवं समाजसेवी सोभित उप्रेतीले एक लाख, सामुदायिक रेडियो प्रसारक संघ र नेपाल पत्रकार महासंघ बागमती प्रदेशले ५० ∕ ५० हजार सहयोग गर्ने भएका छन् यस्तै, समाजसेवी प्रभुराम श्रेष्ठले ३० हजार र राजन श्रेष्ठले २५ हजार तथा माथिल्लो तामाकोशी आयोजनाले २५ हजार सहयोग गर्ने भएको छ । अन्नपूर्ण मिडियामा कार्यरत पत्रकारहरुवाट ५० हजार, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा १० हजार , पत्रकार एवं साहित्यकार भोजराज न्यौपाने १० हजार , जिल्ला मालपोत कार्यालयका नायव सुव्वा मुरारी दुलालले १० हजार र राप्रपा दोलखाका अध्यक्ष राजनवहादुर शिवाकोटीले १० हजार , पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा र ओके कान्तिपुरका कार्यकारी निर्देशक कमल चौहानले ५ हजार ५ सय ५५ का दरले सहयोग गरेको पत्रकार महासंघ दोलखाका सचिव दिलबहादुर केसीले जानकारी दिएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *