च्छोरोल्पा हिमताल आवतजावतमा भिड लागे पछि स्थानियले गरे यो क्षेत्रमा लकडाउन

 पब्लिक संवाददाता      बुधबार, जेष्ठ २६, २०७८      0

उद्बब बिश्वकर्मा
ओके कान्तिपुर
दोलखा २६ जेठ ।
-दोलखा जिल्लाको उतारीहिमाली क्षेत्र गौरीशंकर गाउपालिका वडा न ९हिम आरोहिहरुको एरिया भनेर पनि उत्तिकै विश्व चर्चित छ । त्यसको अलवा नेपालको पारामाणिक समय निर्धारण गरिएको गौरीशंकर हिमाल पनि यसै क्षेत्रमा अबस्थित छ पर्यटकको मुख्य गन्तव्य स्थाल च्छो-रोल्पा हिमताल पनि यहि यरिया पर्नेहुदा आवतजावतमा निकै भिड हुने यस क्षेत्र हाल कोरोना भाइरसको महामारीलाई मद्यनजर गर्दै हाल लगडाउन गर्ने निर्णय सहित सुचना जारी गरेको छ बेदिङ रोल्वालिङ ना र च्छो-रोल्पा आवतजावतमा पुर्ण रोक लगाइएको छ। रोल्वालिङ गुम्बा बिकास समिती र माउन्ट एभरेस्ट क्लबको सयुक्ता बैठकले मिति २०७८साल जेठको १७गत्ते देखि अर्को सूचना जारी नहुन्जेल सम्मको लागि च्छो-रोल्पा घुम्नको लागि आउने बाहिरी तथा आन्तरिक पर्यटक भरिया अन्य कामदार र रोल्वालिङ बासी सम्पुर्णलाई आवतजावतमा रोक लगाइएको हो ।

रोल्वालिङ्ममा अबस्थित माउन्ट एभरेस्ट क्लब का अध्यक्ष दावाछिरी शेर्पा र रोल्वालिङ गुम्बा बिकास समितिको अध्यक्ष थुन्डुनुर्बु शेर्पाको सयुक्त हस्ताक्षर सहित आज एक सुचना जारी गरि सो जानकारी गराइएको हो सुचना मा जनाइए अनुसार हाल बिश्वभर भैलिएको कोरोना भाइरसको कारण व्यापक रुपमा मानवीय क्षति भएको र त्यसको प्रभाव केही हदसम्म बेदिङ बासिलाइ पनि पर्न आएकोले भाबी दिनमा थप सङ्कट पैदाअ नहोस भनेर नै एरिया लगडाउन गरिएको माउन्ट एभ!क्लबको अध्यक्ष दावाछिरी शेर्पाले बताए

दोलखा जिल्लाको गौरीशंकर गाउपालिकाको सबै भन्दा बढी उचाइमा रहेको एक मात्रा धार्मिक बिध्यालय रोल्वालिङ साङ्छ्योलिङ गुम्बा बिध्यालय र जहाँ धार्मिक शिक्षा प्रदान गरिन्छ त्यसैमाथि स साना लामा विद्यार्थीहरु रहेकाले सङ्क्रमणले चाडो भेट्ने भएको हुदा स्वास्थ समस्या आइपर्ने र उपचारको लागि हावाइ यातायात बाहेक कुनैपनि यातायात को सुबिधा नरहेको हुदा यस क्षेत्रमा थप स्वास्थ सङ्कट आइनपरोस भन्ने उदेश्यका साथ एरिया लगडाउन गरिएको गुम्बा बिकास समितिको अध्यक्ष थुन्डुनुर्बु शेर्पाले जानकारी दिएका छ्न

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *