प्रभावकारी तथा जनमुखी सेवा प्रदान गर्दै दोलखा प्रहरी , नियम उलंघन गर्ने कवाडी ट्रक प्रहरीको नियान्त्रणमा

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ २५, २०७८      0

दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा २५ जेठ । नागरिकको जिउ धन र अधिकारको रक्षा गर्न दोलखा प्रहरी अहेरात्र खटिरहेको छ । शान्ति सुव्यवस्था ,अपराध रोकथाम र नियन्त्रण गर्ने काममा प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्ने प्रहरी नायव उपरिक्षक भेषराज रिजालको नेतृत्व यतिखेर अहेरात्र खटिरहेको छ ।
दोलखाको बिगु र कालिञ्चोक गाउँपालिको सिमानामा रहेको इलाका प्रहरी कार्यालयको टोली २४ गते बिहान ३ बजे चेक जाँचको क्रममा कवाडी ल्याईरहेको ट्रक नियन्त्रण लिएको छ ।
निषेधाज्ञको समयमा अत्यावश्यक साधनको आवत जावत बाहेक अन्य सवारीको साधनको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट जारी कुनै पनि किसिमको लिखित सवारी आगागमन पत्र पास नभएको कवाडीको समान लिए आइरहेको लु २ ख ४५४ नम्बरको ट्रक नियान्त्रमा लिएको प्रहरी निरिक्षक सुशिल केसी जानकारी दिए । जिल्ला विपद् ब्यबस्थापन समिती अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेश नआए सम्म इलाका प्रहरी कार्यालयको नियान्त्रण ट्रक सहित कवाडीको सामान रहनेछ इलाका प्रहरी प्रमुख प्रहरी निरिक्षक केसी बताए ।
युनिभर्सल पावर कम्पनी लिमिटेडले ७ हजार केजी कवाडीको समान श्री जानकी हाडवर एण्ड स्के्रप भैरहवा,दर्ता नम्बर ६१०५७७६०५ लाई बक्रि गरेको पत्र समेत रहेको छ । सोही पत्रमा लु २ ख ४५४ नम्बरक ट्रक मा कवाडीको समान ल्याएको पत्रमा उल्लेख गरिएको छ । बिगुगाउँपालिको कार्यालयले सो कवाडी ल्याए बापत ७ हजार (रसिद नम्बर ५४७६ ) कर उठाएकोछ । युनिभर्सल पावर कम्पनी लिमिटेडका सह आयोजना प्रमुख रिकी क्षेत्रीले हस्ताक्षर गरेको पत्र देखाउदैै कवाडी समान लिएर आएको प्रहरीले जनाएकोछ । बफदार राष्ट्रसेवक प्रनाउ रिजालको नेतृत्वमा रहेको प्रहरी टोलीले प्रहरीको प्रतिष्ठामा अलिकति पनि आँच नआउने गरि काम गरिरहेको नागरिक समाज दोलखाले ठहर गरेकोछ ।
जिल्लाामा हुने कालो बजारी तथा ठगी कार्य रोक्न, गुण्डागर्दी रोक्न, कुनै पनि दवाव र प्रभावमा नपरि कानुनी प्रक्रिया अनुसार प्रनाउ रिजालले काम गरि रहेकोमा नागरिक समाजको नजरमा धन्यवादको पात्र बनेकाछन।
दोलखामा हुने संगठित अपराध, राज्य विरूद्धको अपराध, लागू औषध, , आतंकवाद, मानव बेचविखन तथा ओसार–पसार, मानव अधिकारको गंभीर उल्लंघन, राष्ट्रिय हित वा सरोकारको दृष्टिले संवेदनशील एवं गंभीर प्रकृतिका अपराधहरुको नियान्त्रण गर्न दोलखा प्रहरी सफल भएकोछ । मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण प्रनाउ रिजालको भुमिका महत्वपूर्ण रहेको नागरिसमाज दोलखका अगुवा कृष्णबहादुर बस्नेत बताए ।
प्रहरीको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने काममा रिजालको महत्वपूर्ण योगदान रहेको नागरिक समाज दोलखाले जनाएको छ । प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न, प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउन प्रनाउ रिजालले अग्रणीय भुमिका निवार्ह गर्दै आएकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *