नागरिकको पिडामा मलहम लगाउदै पालिका प्रमुख ,यसरी कोरोना संक्रमितलाई राहत वितरण

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ २५, २०७८      0

बसन्त थामी
ओके कान्तिपुर
कालिञ्चोक २५ जेठ । कालिञ्चोक गाउँपालिकाले नामसालिङ सामुदायिक विकास केन्द्रको आर्थिक सहयोगमा कोरोना पुष्टि भएका एक सय ३१ घरधुरीलाई राहत वितरण गरेकोछ ।
आार्थिक रुपमा पछाडि परेको समुदायमा बिपन्न नागरिकको पहिचान सहित गाउँपालिकाले कोरोनाबाट आक्रान्त सबै नागरिकलाई राहत वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष बिनकुमार थामीले यतिखेर कोरोनाबाट आक्रान्त नागरिको चराई रहेको घाउमा केही हद सम्म मलम लगाउन तल्लिन देखिन्छन । भोकले छट्पटाई रहेका नागरिकलाई खुवाउन थामीको उत्कृष्ट कार्य हो । गाउँपालिका अध्यक्ष बिनकुमार भन्छन जनताको सेवामा लाग्दा जस्तो परिमाण भोग्न पनि तयार छु ,नागरिकलाई पिडा हुन दिन्न । नागरिकको सेवक हुँ अहोरात्र खट्न तयार छु थामीले भने ।
गाउँपालिकाको आयोजना ,नामसालिङ सामुदायिक विकास केन्द्रको आर्थिक प्रविधिक सहयोग र कालिञ्चोक सामुदायिक विकास केन्द्रको सामाजिक साझेदारीमा गाउँपालिका १ देखी ९ बडा कै कोराना संक्रमित १३१ घर घुरिलाइ राहत वितरण नामसालिङ सामुदायिक विकास केन्द्रको फिल समयोजक राजन क्षेत्रि ओक कान्तिपुर लाई बताए । नागरिकको उद्धारको लागी अध्यक्ष आफै फिल्डमा खट्नु नागरिकको लागी सौभाग्य भएको क्षेत्रिले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *