दुबै आँखा नदेख्ने थामी परिवारको अपिल, १० बर्षीय छोरालाई सहयोग गरेर पुर्नजिवन दिनुहोस

 पब्लिक संवाददाता      सोमवार, जेष्ठ २४, २०७८      0

बलराम शिवाकोटी
ओके कान्तिपुर
दोलखा २४ जेठ । दुवै आखा देखन नसक्ने भएर पीडित बनेका दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका,६ धराम्थाली निवासी १० बर्षीय दिपक थामीले नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा गरेकाछन।
दुवै आँखा रातमा मात्र अलिअलि देखने र दिनमा नदेख्ने हुदा उनी अहिले जीवन मरणको दोसादमा बाँचिरहेका कारण उपचारको लागी सहयोग गरेर नयाँ जीवन दिलाई दिन बाबु डिल्ली थामीले अपिल गरेकाछन।
३९ बर्षीय बुवा डिल्ली कुमार थामी र ३६ बर्षीय आमा कल्पना थामीको कोखबाट जन्मलिएका थामी सानो उमेरमानै सधै अन्धकार दिन सँग लडी रहेको छन् । पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पताल चेकजाँच गर्न पुग्दा चिकित्सकले तपाईको दुबै आखा उपचार पछि मात्र देखन सक्ने सल्लाह दिए तर धेरै खर्च लाग्छ भने पछि सहयोगको अपिल गरेकाछन।
दुबै आखा उपचारलाई ७ देखि ८ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने बाबु डिल्ली थामी चिन्ता ब्यक्त गरे । आमा कल्पना थामीले भन्छिन् आखाको उपचार मिल्यो भने म आफ्नो मृगौला बेचेरा भएपनि छोरालाई बचाउँछु ।’ उनले छोराको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।दिपक थामीको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं. ण्घटज्ञद्धण्ण्ण्ढण्द्ध, मा रकम जम्मा गर्न सकिने बताईएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *