समग्र बिपन्न नागरिकको तर्फबाट शिवाकोटीलाई स्यालुट गरे पूर्णबहादुरले

 पब्लिक संवाददाता      आइतवार, जेष्ठ २३, २०७८      0

बसन्त थामी
ओके कान्तिपुर संवाददाता
कालिञ्चोक २३ जेठ । घरका तिनै जान कोरोना संक्रिमत भएपछि ज्याला मजदुर गरि खाने पूर्ण बहादुर थामीका धेरै चिन्तामा थिए । उनी स‌गै कालिञ्चोक १ का एकै पटक १४ घर परिवार कोरोनाको संक्रमित भएका थिए ।
आज खाए भोली के खाउ भन्ने थामीको परिवारको लाई खाद्यान्न सहयोग गरि कोराना बाट बचाउन कालिन्चोक गाउँपालिका –८ निवासी रामकृष्ण सिवाकोटीलाई साक्षत भगवानका रुपमा सावित भएकाछन।
परिवारका तिनै जना लाई केही दिन पुग्ने गरि शिवाकोटीले दाल,चामल, अण्डा, साबुन वितरण गरेपछि कोरोनाबाट बाँच्न सहज भएको थामीले बताए । उनले ‘भने धेरै दिनको बन्दाबन्दिले गर्दा घरमै बस्दा पनि हामीलाई कोरिना देखियो ,हाम्रो आर्थिक अवस्थ पनि कम्जोर नै थियो ,खेती गरेको पनि बारीबाट घर ल्याउन पनि नसकिएन अवस्थामा शिवाकोटी सर भगवान भएर हामी कोमा आई सहयोग गरेर हामी सबैले पूर्न जिवन पायौं । ’
अब हामी बाँचेऊ आमी अरु छरछिमेकमा पिडामा परेका दाजुभाई दिदि बहिनीलाई सहयोग गर्न हामी लागी पर्छौ थामीले भने ।
यता दानबिर कालिञ्चोक गाउँपालिका –८ निवासी शिवाकोटीले कोरोना संक्रमित लाई मात्र नभई दीनदुखीलाई सहयोग गर्दै आएकाछन । समग्र बिपन्न नागरिकको तर्फबाट दीनदुखीका सारथि शिवाकोटीलाई स्यालुट गर्न चाहान्छु ,पूर्णबहादुरले भने । शिवाकोटीले साेहि स्थान का ७० घरपरिवार लाई राहत प्रदान गरेकोे स्थानीयले बताएकाछन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *