दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा २२ जेठ।अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले दोलखा जिल्ला राप्रपाका अध्यक्ष राजन शिवाकोटीले आफ्नो पहलमा चिनिया कम्युनिष्ट पार्टीको स्थापना दिवसको उपलक्ष्यमा वितरण गरेको hydrogen / oxygen generator एक थान उपलब्ध गराउनु भएको छ । चिनिया कम्युनिष्ट पार्टीको सहयोगार्थ र अध्यक्ष शिवाकोटीको पहलमा दोलखामा उक्त अक्सिजन लगिएको हो ।
कोरोनाको जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन अति आवस्यक भएकोले जिल्लामा अक्सिजन अभाब नहोस भन्ने उद्यश्यले ल्याएको अध्यक्ष शिवाकोटीले बताउनुभये ।
कोरोनाको सङ्कर्मण दर नेपालमा दिनानुदिन बढ्दो छ तर राज्यको भूमिका प्रती जनता कोही पनि सन्तुस्ट छैनन ! अक्सिजन सिलिन्डर अभाबमै कैयनले ज्यान गुमाइसके भने कैयनको अझै ज्यान जाने निस्चित देखिन्छ !
यस्तो अवस्थामा चिनमा अत्यन्त प्रभावकारी देखिएको hydrogen / oxygen generator र त्यसमा प्रयोग हुने सामान सहित नेपालको विभिन्न ठाउमा सहयोग स्वरुप उपलव्ध गरेको थिये।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष शिवाकोटीले सो जेनेरेटर शुक्रवार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरित हाईड्रोजन ∕अक्सिजन जेनेरेटर शुक्रवारनै प्रस्तावित चरिकोट अस्पत्तालका अध्यक्ष एवं भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लाई प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले बताएको छ ।एक मिनेटको समयावधिमा करिब ३ लिटर अक्सिजन तथा ३ लिटर हाइड्रोजन तयार गर्ने सो उपकरणको क्षमता रहेको छ । जेनेरेटरको मूल्य करिब ३० लाख पर्ने बताइएको छ । चीनमा कोभीड संक्रमितको उपचारमा ब्यापक रुपमा यसको प्रयोग हुने गरेको थियो । विद्युत गएको समयमा पनि यसमा रहेको ब्याकपको मद्दतले अक्सिजन उत्पादन भइरहने बताइएको छ ।
Leave a Reply