
ओके कान्तिपुर
मेलुङ २१ जेठ । जापानबाट ६ वटा अक्सिजन सिलिन्डर मेलुङ गाउँपालिकाको बिपत ब्यबस्थापन समितिलाई उपलब्ध भएको छ । नेपाली कांग्रेस दोलखाका नेता बर्मा लामाको अगुवाइमा स्वास्थ्य सामग्री उपलब्ध भएको हो ।
बिपत समिति मार्फत मेलुङ स्वस्थ्य चौकी लाई ५ वटा आइस्युलेसन बेड र अक्सिजन शिलिन्डर ३ वटा , मेलुङ १ पवटीमा २ वटा आइस्युलेसन बेड र २ वटा अक्सिजन सिलिन्डर सहित, पि पि ए ५ थान र सेनिटाइजर, केहि मास्क, लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
जापानमा रहनु भएको शम्भु केसीको नेतृत्वमा गौरीशकर बिजनेस ग्रुप दोलखा जापानबाट ६ वटा अक्सिजन सिलिन्डर बिपत ब्यबस्थापन समितिलाई उपलब्ध भएको छ । अन्य स्वास्थ्य सामग्री बिपत ब्यबस्थापन समितिले व्यवस्था गरेको छ । नेता लामाले सहयोगी मनहरुलाइ जोड्दै स्वास्थ्य सामाग्री बिपत ब्यबस्थापन समिति उपलब्ध गराएका हुन ।
नेपाली काँग्रेस दोलखाका नेता लामाले भने मेलुङको जनता बिरामी पर्दा चरिकोट ,काठमाडौ लैजानु नपरोस र मेलुङ भित्रै उपचार होस भनेर देश बिदेशमा बस्नु हुने साथिहरुसंग सहकार्य गरेको हुँ । सबै सहयोगि मन भएका मित्रहरु तथा मेलुङ वडा न ६ को बिपत ब्यबस्थापन समितिलाइ धन्यबाद दिदै लामाले कुनै पनि जटिल परिस्थिको सामना गरी मेलुङ बासीलाई अफ्ठ्यारोमा पर्न दिन्न प्रतिबद्धता जाहेर गरे ।
मेलुङ गाउँपालिका प्रबक्ता तथा वडा न ३ को वडा अध्यक्ष हिरा कुमार तामाङ , वडा न १ का वडा अध्यक्ष इश्वर कोइराला, स्वास्थ प्रमुख राम बहादुर योगी र कपिलमणि न्यौपाने लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री वितरण गरिएको बिपत ब्यबस्थापन समितिका अध्यक्ष तथा मेलुङ गाउपालिका वडा न. ६ का वडा अध्यक्ष कुसुम लामाले जानकारी दिए ।
डाडाखर्क स्वस्थ्य चौकीलाई २ थान बेड र १ थान अक्सिजन सिलिन्डर र वडा न ३ को स्वस्थ्य चौकीलाई २ थान बेड र भेडपु स्वस्थ्य चौकीलाई पनि २ थान बेड भोलि तिर वितरण गर्ने तयारी रहेको बिपत ब्यबस्थापन समितिका अध्यक्ष कुसुम लामाले बताए।
Leave a Reply