कोरोनाका कारण ८५ वर्षीय वृद्धको मृत्यु

 पब्लिक संवाददाता      शुक्रबार, जेष्ठ २१, २०७८      0

कृष्ण मोक्तान
ओके कान्तिपुर
शैलुङ २१ जेठ । दोलखाको शैलुङ गाउँपालिकामा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ३ भुरुङ्गाका ८५ वर्षीय वृद्धको चरिकोट अस्पताल ल्याउँदै गर्दा बाटोमै कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
जेठ १९ गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका ती वृद्धको आज मृत्यु भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।
तीन दिन अघि कोरोना संक्रमण पुष्टि भएपनि होम आइसोलेसनमै बस्दै आएका उनलाई आज स्वास्थ्यमा थप समस्या सदरमुकाम चरिकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले पुष्टि गरेकाछन ।
शव नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय दोलखका प्रमुख पौडेलल जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *