सुमन शिवाकोटी
ओके कान्तिपुर
दोलखा २१ जेठ । फेसबुक म्यासेन्जर ग्रुप ओस्ताजले दोलखाका ग्रामिण भेगमा जनमुखी काम गर्दै आएकोछ । कोबिड १९ का कारण दैनिक जीवनयापन गर्न कठिनाई परेका परिवार लाई ओस्ताजले सहयोग गरेकोछ ।
कालिन्चोक गाउपालिका ३ सिगटीका तीन घरपरिवार, कालिन्चोक गाउपालिका ४ चप्लेटीका नौ घरपरिवार, ४ बन्चरेका चार घरपरिवार र गौरीशंकर गाउपालिका ४ झाङ्ग्रालिका पाँच घरपरिवार सहयोग गरेकोछ । त्यसै गरि बिगु गाउपालिका ४ सिगटी पल्लो बजार का एक परिवारलाई खाध्यन्न सामाग्री चामल दाल तेल लागायत दैनिक उपभोग्य सामग्री बितरण गरेकोछ ।
हाल ओस्ताज समूह मा २० जना सकृय सदस्यहरु रहेको ग्रुप एडमीन नवीन बिक्रान्त कार्कीले जानका िदिए । सिगटी मा कृयासिल यूवा क्लव, कमलामाइ सामाजिक यूबा क्लव र न्यू जेनेरेशन क्लवको पनि यो समूह संग सहकार्य गरेर अगाडि बढेको कार्कीले बताए । ओस्ताज समूह बाट २९ हजार एक सय ६६ र सहयोगी महानुभाबहरु बाट ३० हजार ७ सय १० गरि जम्मा ५९ हजार ८सय ७६ को दैनिक उपभोग्य सामग्री बितरण गरेको ग्रुप एडमीन कार्कीले जानकारी दिए ।
विभिन्न खाले प्रकोपमा परेका कठिनाइमा समुदाय एबम व्यक्तीहरुलाइ निरन्तर सहयोग गर्ने प्रतिबद्धता ओस्ताज समुहको रहेको बैत्यश्वर गाउँपालिका ६ ध्रुब आचार्यले बताए ।अहिले पनि उक्त समुहमा विभिन्न ब्यक्तिहरु बाट सहयोग आउने क्रम जारी छ। हाम्रो समुहको उदेश्य भनेको हामी सङसङै भन्ने हो।हामी पारदर्शी ढङ्गबाट दीर्घकालीन रुपमा यो अभियान संचालन गर्दछौ उनले भने ।
Leave a Reply