प्रेस काउन्सिलको अध्यक्षमा दोलखाका पत्रकार बालकृष्ण बस्नेत

 पब्लिक संवाददाता      शुक्रबार, जेष्ठ २१, २०७८      0

दीपशंकर चौलागाई
ओके कान्तिपुर
दोलखा, २१ जेठ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा दोलखाका पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।
मन्त्रीपरिषद्को बैठकले दोलखाका पत्रकार बस्नेतलाई ४ बर्षका लागि प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । दोलखाबाट पत्रकारिताको सुरुवात गरेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका बस्नेत दोलखाको भीमेश्वर नगरपालिका ५ का स्थायी बासीन्दा हुन ।
पत्रकार बस्नेत नेकपा एमालेको ओली समूह निकट मानिन्छन् । चार बर्ष अघि प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकालमा उनको नियुक्तिको योग्यता सम्बन्धि विवादलाई लिएर सर्वोच्च अदालतमा मुद्धा परेपछि यसबीचमा पत्रकारद्धय किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
पछिल्लो पटक प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरिएकी दुर्गा पौडेलका बिरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो उनको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।
यसअघि दोलखाका पत्रकार चिरिञ्जीवि मास्केलाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *