कमल चौहान
ओके कान्तिपुर
चरिकाेट २० जेठ । दोलखामा ’मेरो एक हजार अक्सिजन किन्न’ लाई भन्ने अभियान सञ्चालन गरेर २५ थान अक्सिजन खरिद गरिएको छ ।
खरिद गरिएको अक्सिजन सिलिन्डर आर्ज हस्तान्तरण गरिएको छ । जिल्लाका केही संचारकर्मीहरुको अगुवाईमा अभियान सञ्चालन गरि संकलन गरेको रकमबाट खरिद गरिएको २५ थान अक्सिजन र १२ थान रेगुलेटर खरिद गरेको संचारकर्मी गोकर्ण भण्डारीले बताए ।
सिलिन्डरमध्ये ५ थान सिलिन्डर र ३ थान रेगुलेटर जिरी अस्पताललाई ५ थान सिलिन्डर र २ थान रेगुलेटर बैतेश्वर अस्पताललाई तथा ५ थान सिलिन्डर र २ थान रेगुलेटर सिंगटी अस्पताललाई हस्तान्तरण गरिने जानकारी भण्डारीले दिएकाछन । अभियान अन्तर्गत ४ लाख ८१ हजार रकम जुटेको थियो ।संकलित रकमवाट प्रति सिलिण्डर १६ हजारका दरले २५ वटाको ४ लाख र प्रति रेगुलेटर २५ सयका दरले ३० हजार खर्च भएको बताईएकोछ । यो ढुवानी बाहेकको खर्च हो ।यश अभियानमा सहयोग गर्नुहुने सम्पुर्णमा बिशेष धन्यवाद एबं आभार ब्यक्त गर्दछौ !!
Leave a Reply