निषेधाज्ञा बीचमै सकियो सडक कालोपत्रे

 पब्लिक संवाददाता      बुधबार, जेष्ठ १९, २०७८      0

गीताकृष्ण शर्मा ओके कान्तिपुर
मैनापोखरी, १९ जेठ । बैतेश्वर गापाको वडा नं ५ र ४ अन्तर्गत मैनापोखरी- बगर सडकको मैनापोखरी बजारदेखि हनुमन्तेश्वर मावि खण्डको करिब ६५० मी. सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । संघीय सांसद विकास कोष अन्तर्गतको बजेटबाट उक्त सडक कालोपत्रे गरिएको हो । लकडाउनकै बीचमा अघिल्लो साताबाट शुरु गरिएको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो ।

आ.व. २०७७/०७८ को संघीय सांसद विकास कोषबाट प्राप्त रु. ४२,६३,७५० र स्थानीय श्रमदान ४,९८,००९ समेत कुल ४७,६१,७५९ रकम बराबरको लागतमा उक्त कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद दहालले बताएका छन । ५५० मी मात्र कालोपत्रे गर्ने प्राविधिक इस्टिमेट भएको भए पनि १०० मी. कालोपत्रे, १६० मी. नाला र ४० घनमिटर समेत इस्टिमेट भन्दा बढी काम भएको अध्यक्ष दहाल बताउँछन ।

२०७७ पौष १२ मा उपभोक्ता समितिमार्फत काम गर्ने गरि सम्झौता भएको उक्त योजना समयावधी अघि नै सम्पन्न भैसकेको छ । ०७८ जेठ ३० सम्म आयोजना सम्पन्न गर्ने गरि सम्झौता गरिए पनि झन्डै दुईसाता अघि नै काम सम्पन्न भएको हो ।

सरकारी मापदण्ड अनुसार नै निर्माण सम्पन्न आयोजना उपभोक्ता समिति मार्फत गरिएको जिल्लाकै नमूना कालोपत्रे भएको स्थानीय समाजसेवी ऋषिकेश उप्रेतीले बताए । कोरोना भाइरसको दोस्रो भेरियण्ट कहरको बीचमा स्वास्थ्य मापदण्ड अपनाई उक्त कालो पत्रे गरिएको थियो ।

०५२ सालमा सर्भे भएर ०५५ सालदेखी स्थानीयहरुले कुटो कोदालोको भरमा यो सडक निर्माण शुरुभएको थियो । उक्त सडक स्तरोन्नति र मर्मतकालागि प्राय: हरेक वर्ष कुनै न कुनै निकायबाट बजेट विनियोजन हुने गरेको थियो । तर यसपटकको बजेटले भने सडकको मुहार फेरिएको छ । गतवर्ष मैनापोखरी बजारको चोकदेखि करिब २०० मी. ढलान गरेको र अहिले ६५० मी कालोपत्रे गरिएको सो बाटो उपभोग गर्ने व्यक्तिरुमा खुशी छाएको छ । हनुमन्तेश्वर माविमा अध्ययन र अध्यापनका लागि आवतजावत गर्न सहज भएकोले शिक्षक तथा विद्यार्थीहरु झनै हर्षित भएका छन ।

यो बाटोलाई मैनापोखरीबाट यार्सा, बगर, मजुवा, मिर्गे, गैरीमुदी हुँदै भीरकोट कालीदह जोड्न सकिने पक्कै पनि यो सडकको कालोपत्रे भएमा मनापोखरी बजारसंगको सम्बन्धमा विस्तार र यसको महत्व झनै बढ्ने थियो । यस सड्कलाई संघीय सरकारको बजेट कार्यक्रममा नियमित रुपमा समावेश गरिदिन समाजसेवी ऋषिकेश उप्रेतीले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन । यो सडकको स्तरोन्नति र कालोपत्रे गरेर गैरीमुदी- मिर्गेलाई मैनापोखरी बजारसँग सजिलै जोड्न सके यहाँको बजारको स्थायित्व र विकासका निम्ति पक्कै सहयोग पुग्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *