सडक पहिरोले बगाउँदा सिंगो बस्ती नै जोखिममा

 पब्लिक संवाददाता      सोमवार, जेष्ठ १७, २०७८      0

कमल चौहान
ओके कान्तिपुर
चारिकोट १७ जेठ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर –३ चरिघ्याङमा निर्माणाधीन सडक पहिरोले बगाउँदा सिंगो बस्ती जोखिममा परेकोछ ।
निर्माणाधीन ग्याबिनडाँडा–टुकी–चौतराडाँडा सडक मार्गको प्रवेशद्वारमा पहिरो गएसंगै सिंगो बस्ती जोखिममा परेको हो ।
डोजरले माटो भर्ने क्रममा ग्याबिन वाल सहित डोजरनै दुर्घटनामा परेको थियो।डोजरमा क्षति पुगेको र चालक भने सकुशल रहेका छन चरिघ्यङ–टुकी–चौतराडाँडा सडक २०७५ सालबाट वडा नम्बर –३ को बजेटमा निर्माण भईरहेको सडक हो।
साना र हलुका सवारीसाधन तथा एम्बुलेन्सहरु मात्रै चल्न मिल्ने तरिकाले बाटो निर्माण भईरहेको थियो।
तर आइतबार सडकमा लगाइएको ग्याबिन पर्खाल नै भत्काएर लगेपछि जोखिम बढेको निर्माण व्यवसायी राम तामाङले जानकारी दिए।
चरिघ्याङ गुम्बा डाँडा र पुरगाङ देखिको नालाको पानी समेत यहीँ मार्ग हुँदै बग्ने भएकाले बस्तीनै जोखिममा परेको तमाङ्गले बताए।
“पहिरोले मेरो कटेरोमा क्षति मात्रै पुर्याएका छैनन् सबै भल भित्रनै छिरेको छ,“ स्थानीय कान्छी खत्रिले भनिन।’यस्तै पानी परिरहे मेरो कटेरो बगाउँछ।’ पहिरो र त्यसपछिको भलले खेतीयोग्य जमीन सबै बिगारेको छ।
ग्याबिनडाँडा टुकी चौतराडाँडा सडक निर्माण उपभोक्त समितिका अध्यक्ष मिश्र तामाङले निर्माणाधीन सडक बनाउने क्रममा पहिरो गएको बताईन ।
सडक निर्माणको क्रममा स्थानीयलाई सार्वजनिक बाटो ओगटेको र बाटोलाई पर्याप्त सपोर्ट नपुगेको कारण पहिरो गएको तमाङ जानकारी दिईन । उहाँले वडा कार्यालय र नगरपालिकासंग समन्वय भईरहेकोले छिट्टै जोखिम न्यूनीकरण हुने बताएकीछिन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *