पब्लिक संवाददाता
शनिबार, जेष्ठ १५, २०७८
0
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे राशनभत्ता वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि १५ प्रतिशत राशनभत्ता बढाउने घोषणा गरेका हुन् ।
केही समयअघि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन भत्ता ३५ प्रतिशतसम्म वृद्धि गर्न सिफारिस गरेको थियो ।
यसैगरी सरकारले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्दै सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट (बिओपी) को संख्या पनि थप गर्ने निणर्य गरेको छ ।
सीमा सुरक्षाका लागि आगामी वर्षभित्र सशस्त्रका १२० वटा बिओपी थप गरिने अर्थमन्त्री पौडेलले बताएका हुन् ।
Leave a Reply