कमल चौहान
ओके कान्तिपुर
दोलखा १५ जेठ । दोलखामा पुनः तेस्रो पटक एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आज राती १२ बजेदेखि २२ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरेको हो ।
आज प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आदेश जारी गर्दै एक साताका लागि निषेधाज्ञा जारि गरेको छ ।
यो अवधिमा कुनै पनि सार्वजनिक एवम् निजी सवारीका साधन सञ्चाल गर्न पाइने छैन भने दोलखा जिल्लाभरका बजार, दोकान, पसल र व्यापार व्यवसाय बन्द गर्नुपर्ने डिसिसिएमसी को बैठकले निर्णय गरेको छ ।
२२ गते राती १२ बजेसम्म , सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न पाइने छैन भने विवाह, व्रतबन्ध, दिवाली, कुल पुजा लगायत धार्मिक तथा सामाजिक क्रियाकलाहरु गर्न समेत रोक लगाइएको प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिए ।
दोलखामा पहिलो पटक वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्मका दोस्रो पटक जेठ १ गतेवाट १५ गते र आज राती १२ बजे बाट २२ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
Leave a Reply