गीताकृष्ण शर्मा
ओके कान्तिपुर
मैनापोखरी, ३ जेठ । वैतेश्वर गाउँपालिकाद्वारा सञ्चालित वैतेश्वर अस्पतालले एन्टिजिन परिक्षण मार्फत कोभिड -19 को परीक्षण समेत शुरु गरेको छ । पछिल्लो समयमा वैतेश्वर गाउँपालिकामा कोभिड संक्रमितहरुको संख्या उल्लेख्य वृद्धि भएको र पिसिआर परीक्षणको नतिजा आउन केही समय लाग्ने कारण संक्रमित पहिचान गर्न कठिन भएकोले एन्टिजिन परीक्षणको शुरुवात गरिएको अस्पतालका व्यवस्थापक देवराज खत्रीले जानकारी दिएका छन । तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका विरामीहरुको उपचार गर्न वैतेश्वर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड संचालनमा आएको छ ।
उक्त आइसोलेसन वार्ड व्यवस्थापन तथा वैतेश्वर अस्पताल समेतको लागि हिमालयन केयर ह्याण्ड्स नेपालले करिव ६ लाख बराबरको अति आवस्यकीय स्वास्थ्य सामग्री सहयोग गरेको हो । ५ सेट बेड, २० थान पिपिई, ५० थान गाउन, १ थान Patient Monitor, ५० पिस प्लस अक्सीमिटर, १०० पिस N19 मास्क, ५२० पिस ग्लोव, २५ लिटर सेनिटाइजर, १ सेट Auto Clave Machine, १० वटा Bed Side Locker, 500 थान OT Cap, ३ पिस IV Stand लगायतका सामग्री सहयोग गरेको अस्पतालका प्रशासन प्रमुख रामकाजी दहालले जानकारी दिनु भयो ।
हाल १० वेडको आइसोलेशन वार्ड समेत संचालनमा ल्याएको वैतेश्वर अस्पतालले PCR परीक्षणको लागि स्वाव संकलन गर्दै जिल्ला सदरमुकाम चरिकोटमा पठाउँदै आएको छ । PCR रिपोर्ट आउन समय लाग्ने भएको हुँदा अस्पतालमा उपचारको लागि आएका कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुको उपचारमा समस्या देखिएको कारण तत्काल कोरोना भाइरस परिक्षणको लागि Antigen Rapid Test पनि संचालनमा ल्याईएको छ । उक्त Antigin Rapid Test समेत निःशुल्क हुने गरि व्यवस्था मिलाईएको हिमालयन केयर ह्याण्ड्स नेपालका अध्यक्ष जगतबहादुर दहालले जानकारी दिनु भयो ।
PCR परीक्षण, Antigen Rapid Test लगायत वैतेश्वर अस्पतालमा उपचार गर्ने कोभिड संक्रमित सम्पूर्ण विरामीहरुका लागि औषधि लगायत अन्य सम्पूर्ण खर्च, संक्रमित बिरामी ओसारपसार गर्न एम्बुलेन्स सेवा खर्च र उपचारार्थ भर्ना भएका सम्पूर्ण विरामीको लागि खाना समेत नि:शुल्क रहेको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिएका छन ।
त्यसैगरी कोभिड -19 को संक्रमण भएको क्षेत्र तथा नागरिकको घरघर पुगेर नै सम्भावित संक्रमितहरुको स्वाव संकलन गर्ने कार्यलाई तीव्रता दिएको छ । मैनापोखरी बजार विगत हप्तादेखी पूर्ण बन्द छ । वैतेश्वर गाउँपालिका, ५ नं वडा कर्यालय, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघ मैनापोखरीले उच्च सतर्कता सहित सचेतना अभिबृद्धि लगायत अनुगमनका कार्यलाई प्रभावकारी बनाउँदै लगेको छ ।
यसका साथै यस क्षेत्रका यूवाहरुले समेत स्वास्थ्य सतर्कता अपनाउँदै कोभिड संक्रमण रोकथाम गर्न आफ्नो सकृयतालाई तीव्र बनाएका छ्न । स्थानीय सरकार, प्रहरी प्रशासन र वैतेश्वर अस्पतालको समन्वयमा कोभिडको संक्रमण फैलिन नदिन सचेतनामूलक एवं रचनात्मक कामहरु गर्दै आएको कुरा अभियन्ता बलराम शिवाकोटीले बताए ।
Leave a Reply