राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकको कोरोनाले ज्यान लग्यो

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ ८, २०७८      0

ओके कान्तिपुर संवाददाता
रामेछाप ८ जेठ । कोरोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक रविन्द्र मण्डलको शनिबार बिहान ९ः०० बजे निधन भएको छ ।
धनुषा जिल्ला विधेह नगरपालिका वडा नं ५ मुडिया घर भएका प्रबन्धक मण्डल बिगत ४ बर्ष देखी राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा कार्यरत रहेका थिए ।
रामेछापमा कोरोना सङ्क्रमण भै आफ्नै जिल्ला धनुषाको जनकपुर स्थित जानकी हेल्थ कियरमा उपचारका क्रममा मण्डलको आज ९ः०० बजे निधन भएको राष्ट्रिय वाणिज्य बैंक मन्थली शाबखाका बरिष्ठ सहायक सुदर्शन पौडेलले जानकारी दिए ।
। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मण्डललाई वैशाख २५ गते एन्टिजेन्ट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमपछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि परिवारले गृह जिल्ला धनुषा लगेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *