राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने, आजै सर्वदलीय बैठक बस्दै

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ ८, २०७८      0

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको पछिल्लो कदमविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने निर्णय गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आज शनिबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

पदाधिकारी बैठकले सो कदमविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनले भने, ’यो असंवैधानिक कदम हो, हामी राजनीतिक र कानुनीरुपमा यसविरुद्ध लड्छौं, अन्य दलहरुसँग साझा धारणा बनाएर अघि बढ्ने प्रयासमा छौ ।’

यसैबीच अन्य दलहरुबीच साझा धारणा बनाउन आज ४ बजे संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बस्दैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *