अाेके कान्तिपु ,दाेलखा ८ जेठ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामारीको चपेटामा रहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि निर्वाचन दिइएको टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै मध्यावधि निर्वाचन घोषणा गरेलगत्तै प्रवक्ता शर्माले ट्वीट गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई इतिहासको भिन्न कोतपर्वको संज्ञा दिएका छन् । उनले प्रधानमन्त्री ओलीको अधिनायकवादको हाइवेको भ्रममा रहेको पनि बताएका छन् ।
उनले ट्वीटमा लेखेका छन्- ‘महामारीमा मृत्युसंग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि ! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा !’
प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले लोकतन्त्र र संविधान रक्षा गर्न जनता अघिअघि र कांग्रेस पछिपछि हुने भन्दै चेतावनी दिएका छन् ।
‘तर @PM_Nepalहेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्,हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ !’ उनले ट्वीटमा भनेका छन् ।
Leave a Reply