विपक्षी दलका नेताहरू राष्ट्रपति कुर्दै

 पब्लिक संवाददाता      शुक्रबार, जेष्ठ ७, २०७८      0

काठमाडौँ। विपक्षी गठबन्धनबाट सरकारमाथि दाबी गर्न १४९ सांसदको हस्ताक्षरसहित शीतल निवास पुगेका विपक्षी दलका नेताहरू राष्ट्रपतिसँगको भेटको पर्खाइमा छन्। काँग्रेस नेता रमेश लेखकका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी दलका नेताहरू शीतल निवास पुगेको बारे जानकारी गराइसकिएको छ। ‘हामी कुरिरहेका छौँ, खबर पठाएका छौँ, तर उहाँले बोलाइसक्नु भएको छैन, व्यस्त हुनुहुन्छ होला,’ नेता लेखकले भने।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्णप्रसाद सिटौलासहितका नेता यति बेला शीतल निवासमा छन्।

संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै सभापति देउवासहितका शीर्ष नेता शीतल निवास पुगेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *