डम्बर प्रसाद चौलागाई
ओके कान्तिपुर संवाददाता
दोलखा ३ जेठ । अमेरिकामा बसोवास गर्दै आउनुभएको दोलखाको भिमेश्वर नगरपालिका २ की पद्यमा प्रधानले क्षेत्रपाका युवाहरुले कोरोनाबाट नागरिक बचाउने अभियानका लागी नगद एक लाख सहित १ सय १ थान अक्सिजन ग्याँस सिलिण्डर सहयोग गर्नु हुने भएको छ ।
कोरोना भाईरस संक्रमण दर बढिरहेका बेला अमेरिकामा बस्दै आएकी समाजसेवी पद्यमा प्रधानले अभियानलाई नगद एक लाख सहित १ सय १ थान अक्सिजन ग्याँस सिलिण्डर सहयोग गर्नु हुने भएको छ ।
पे्रम पूर्ण प्रेताप फाउण्डेसनको संस्थापक अध्यक्ष प्रधानले बुद्ध जयन्तीको दिन पर्ने आफ्नो जन्मदिन र कान्छो छोरा अनिलकुमार थापाले स्नातक तह उत्तिर्ण गरेको सुखद अवसर पारेर बैतेश्वर गाउँपालिकालाई अक्सिजन ग्याँस सिलिण्डर सहयोग गर्ने घोषणा गरेको कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि अभियान चलाईरहेका युवा अभियान्ता भरत श्रेष्ठले जानकारी दिए । प्रधानले जिल्लामा रहेका सुरक्षाकर्मी, चरिकोट अस्पताल लगायतलाई सर्जिकल मास्क र सेनिटाईजर लगायतका स्वास्थ्य साममग्री पनि उपलब्ध गराउनु हुने भएकोछ ।
समाजसेवी प्रधानले बैतेश्वर गाउँपालिकाको हरेक वडालाई आवश्यक पर्ने औषधी समेत उपलब्ध गराउने तयारी छ । ती सामाग्री कोभिड १९ विपद् व्यवस्थापन कोष क्षेत्रपामार्फत् वितरण हुने कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि अभियानका अभियान्ता पुष्कर अधिकारीले बताए।
प्रधानले शिक्षा. स्वास्थ्य र विपतिमा परेका बेला बेला दोलखा जिल्लालाई सहयोग गर्दै आउनुभएको छ ।समाजसेवी प्रधानले दोलखाको क्षेत्रपाका युवाहरुले सुरु गरेको कोभिड १९ विपद् व्यवस्थापन कोष क्षेत्रपाका लागि यसअघि नै एक लाख रुपैयाँ सहयोग गरिसक्नुभएको कोभिड १९ विपद् व्यवस्थापन कोष क्षेत्रपाका युवा एवम अधिबक्ता सुब्बा श्रेष्ठले जानकारी दिए । सो कोषमा हालसम्म ६ लाख २० हजार बढी रकम संकलन भैसकेको छ ।
Leave a Reply