आकस्मिक सहायता कोषको स्थापना

 पब्लिक संवाददाता      आइतवार, जेष्ठ २, २०७८      0

गीताकृष्ण शर्मा
ओके कान्तिपुर
मैनापोखरी-२ जेठ ।वैतेश्वर गाउँपालिका वडा नं ४ र ५ का सकृय यूवा तथा सामाजिक अभियन्ताहरुको पहलमा आकस्मिक सहायता कोष, वैतेश्वर ४ -५ को स्थापना गरिएको छ । स्थानीय निकायले स्थापना गरेको आइसोलेशनमा रहेकि कोरोना संक्रमित एक महिलालाई तत्काल उपचारमा सहयोग गर्न नसकेर मृत्यू भएकोले अब कोभिड संक्रमितहरुले यस प्रकारको मृत्यूवरण गर्नु नपरोस भन्ने उद्देश्यले २०७८ जेठ २ गतेकै दिन सामाजिक सन्जालमा एक समूह मार्फत सहयोग संकलन गर्न लागिएको अगुवा मध्येका बलराम शिवाकोटीले जनाएका छ्न । अस्पतालमा बेड नपाउने, अक्सिजन नपाउने र तत्काल अस्पतालसम्म पुग्न नसकेका कारण संक्रमितको मृत्यू हुने देखिएकोले यसलाई न्यूनिकरण गर्न र नागरिकमा देखिने थप जटिल किसिमका स्वास्थ्य सुरक्षामा थोरै भएपनि योगदान गर्न सकिने उद्देश्यका साथ उक्त कोष स्थापना गरिएको शिक्षक एवं समाजसेवी कमल दहालले बताए । स्थानीय सरकार, वैतेश्वर अस्पताल तथा विभिन्न संघसंस्था, जनप्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता, व्यापारी सहितको समन्वयमा उक्त कोषको परिचालन गर्ने र सोको पारदर्शी रुपमा सार्वजनिक गरिने भएकोले यसमा कोहि कसैले दुरुपयोग होला कि भन्ने कुरामा शंका गर्नु नपर्ने कुरा जलदेवी माविका प्रधानाध्यापक एवं सामाजिक अभियन्ता गीताकृष्ण शर्माले बताएका छन ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिंदै गएको यो विषम परिस्थितिमा यसलाई रोक्न सरकार र स्थानीय निकायबाट भए गरेका नियमित प्रयासमा थप टेवा पुर्याउन यो अभियान शुरु गरिएको हो । कोरोना महामारीको बारेमा सचेतना जगाउने, सम्भावित जोखिम न्यूनिकरण गर्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै सेवा गर्ने र आर्थिक अभावले उपचारबाट बन्चित नागरिकहरुलाई तत्काल सामान्य राहत सहयोग पुर्याउने यस कोषको उद्देश्य रहेको छ । स्वदेश तथा विदेशमा रहेका सकृय यूवाहरुले स्वेच्छिक रुपमा यो कोषमा योगदान गरेका छन ।
अभियानको पहिलो दिन नै ३८३९६२ रकम सहयोगको घोषणा भएको छ । सो मध्ये २००१५८ नगद जम्मा भइसकेको जानकारी अभियन्ताहरु मध्येका गणेश शिवाकोटी र प्रकाश खडकाले जानकारी गराएका छन । यो सहयोग रकमलाई तत्काल बैंक खाता खोलेर जम्मा गर्ने र आवश्यक कार्यविधी बनाई यसको परिचालन गर्ने कुरा अभियन्ताहरु बताउँछन । यो अभियान कोभिड-19 को रोकथाम र नियन्त्रणका लागि मात्र नभएर कोषलाई बैधानिक रुप दिई भविष्यसम्म निरन्तरता दिने कुरा अभियन्ताहरु बताउँछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *