दोलखा जिल्लाबाट एक सय १० जनाको सहभागीता हुने
सुमन शिवाकोटी
ओके कान्तिपुर
दोलखा २ जेठ । नेपाली कांग्रेसको कोभिड अनुगमन समितीले सोमबार दिउँसो ४ बजे बागमती प्रदेशमा ‘कोभिड–१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक जुममार्फत छलफल गर्ने भएको छ ।
प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ–नगरपालिका कार्यसमितिका सभापतिहरु तथा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागीता रहने छ ।
सम्बन्धित सहभागीहरुलाई लिङ्क, मिटिङ्ग आइडी र पासकोर्ड पठाइ सकिएको कांग्रेसले जनाएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा रहने छन् । विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेताहरु सहभागी हुनेछन् । साथै सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री तथा नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले गर्नेछन् ।
Leave a Reply