चौतर्फी आलोचना पछि जिल्लामै अक्सिजन ग्याँसको प्लान्ट स्थापना निणर्य

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ १, २०७८      0

ओके कान्तिपुर
दोलखा १ जेठ । सामाजिक सञ्जालमा घुम्ने मेच माथि अन्धो मान्छे जस्तो भुमिकामा दोलखाका जनप्रतिनिधिहरु रहेको चौतर्फी आलोचना भए पछि जिल्लामै अक्सिजन ग्याँसको प्लान्ट स्थापना गर्ने निर्णय भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र बोलाएर आज जिल्लामै अक्सिजन ग्याँसको प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।
तिन/ तिन पटक नेपाल सरकारका मन्त्रि बनेका पार्वत गुरुङलाई बधाई तथा शुभकामना दिंदा जनता बचाउन जिल्लामा अक्सिजन ग्याँसको प्लान्ट तत्काल राख अनि मात्र दोलखालीले मन्त्रि भएकोमा थप गर्व गर्नेछन भनि समाजिक सञ्जालमा आएपछि आज जनप्रतिनिधिहरुले बाध्यभएर निणर्य गरेका हुन ।
केही जनप्रतिनिधिहरु शुक्रबार दुईबजे सम्म जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकमा सम्भव छैन भनेर जबर शम्सेरका जस्ता तर्क गर्नेले शनिबार बिहान पानी माथि ओभानो हुन जिल्लामै अक्सिजन ग्याँसको प्लान्ट स्थापना गर्नु पर्छ भनेर लेख्दा सबै चकित परेका छन । दमको राजनिति छिटै अन्त्य हुन्छ। अरुको भरमा चलेकाले घमण्ड नगर्दा राम्रो भन्ने चरिचार्थ उदाङगीएको छ ।
दिनप्रतिदिन दोलखा जनता कोरोनाको कारण मृत्युको शिकार भएकोले तत्काल जिल्ला एक ठाउमा अक्सिजन ग्याँसको प्लान्ट स्थापना गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रस्ताव राख्दा अस्वीकार गर्ने लाई सामाजिक सञ्जाल ठुलो झापड भएकोछ ।

डिसिसिएमसीकोे बैठकले जिल्लामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव हुन सक्ने भन्दै सो अभावलाई पूर्ति गर्नकालागि दोलखामै ग्यास प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।
स्थानीय सरकारका प्रमुखसहित सहभागि बैठकले चरिकोट अस्पताल अक्सिजन ग्याँस स्थापना गर्ने र त्यसका लागि जिल्लाका ९ वटै स्थानीय सरकारवाट १२ लाखका दरले बजेट व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
अक्सिजन ग्याँस प्लान्ट स्थापनाका लागि प्रत्येक स्थानीय सरकारले चरिकोट अस्पतालमा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा यथासक्य चाँडो १२ लाखका दरले रकम जम्मा गर्ने निर्णय पनि भएको छ । ग्यास प्लान्ट स्थापना गर्न ५० हजार करिव एक करोड लाग्ने अनुमान गरिएको छ ।
“तर दोलखाका केही स्थानिय तहले सात महिना अघि कोभिड नियान्त्रणको लागी दुई/ दुई लाखका दर पैसा जम्मा पारि एकमुष्ठ कोषबाट खर्च गर्ने भनिता पनि हाल सम्म धेरैले नबुझाएको अबस्था छ । झन १२ लाख कति बर्ष लाग्ने हो ”नागरिक अगुवा सुन्दर बिक्रम कार्कीले भने ।
बैठकले कालिन्चोक गाउँपालिकामा रहेको सिंगटी अस्पताललाई कोभिड अस्पतालकोरुपमा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ । हाल ३ जना डाक्टर सहितको स्वास्थ्यकर्मी रहेको सिंगटी अस्पताललाई कालिन्चोक, विगु र गौरीशंकर गाउँपालिकाका कोरोना संक्रमितलाई उपचार गर्ने उद्देस्यले कोडिभ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय भएको हो पछिल्लो समय जिल्लाको उत्तरी क्षेत्रमा पनि कोरोना संक्रमतिको संख्या वृद्धि भईरहेको छ भने बिगु गाउँपालिमा तीन जनाको कोरोनाकै कारण मृत्यु भईसकेको छ ।जिल्लाका ७४ वटै वडामा क्वारेन्टाईन स्थापना गर्ने निर्णय पनि गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *