स्वाव परिक्षणको ४२ प्रतिशत कोरोना संक्रमित देखिए लगतै थप १५ दिन निषेधाज्ञा,पारि सिंगटी सिल

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ १, २०७८      0

छबिन्द्र चौलागाई
ओक कान्तिपुर
दोलखा १ जेठ । दोलखामा अहिलेसम्मकै सर्वाधिक ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा दुई सय दुई जनाको स्वाव परिक्षण गरिएकोमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज मात्रै ५६ जना पुरुष र २९ जना महिला गरी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौड्याले बताए ।
भीमेश्वर नगरपालिकाका १७ जना पुरुष र १४ जना महिला गरी ३१ जना, बिगु गाउँपालिकाका १५ जना पुरुष र दुई जना महिला गरी १७ जना, गौरीशंंकर गाउँपालिकाका दुई जना पुरुष, बैतेश्वर गाउँपालिकाका आठ जना पुरुष र दुई जना महिला गरी १० जना, तामाकोसी गाउँपालिकाका नौ जना पुरुष र १० जना महिला गरी १९ जना, मेलुङ गाउँपालिकाका एक जना पुरुष तथा कालिञ्चोक गाउँपालिकाका चार जना पुरुष र एक जना महिला गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालय प्रमुख पौड्यालले जानकारी दिए ।
हाल सम्म जिल्लामा दोस्रो लहरको कोरोनाका चार सय १० जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।
दोलखामा थप १५ दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमा भएको छलफल पछि स्थानिय प्रसाशनले जेठ १५ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा विवाह, ब्रतबन्ध, कुलपुजा लगायतका भिडभाड हुने सबै कार्यक्रम गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले बताए ।
यता दोलखा जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुदै गएपछि स्थानिय तहहरुले संक्रमितको सुरक्षा र सहयोगको लागि बिभिन्न कार्यक्रमहरु घोषणा गरेका छन् ।
जिल्लाको भीमेश्वर नगरपालिकाले नगरभित्रका कोरोना संक्रमित विरामीहरुलाई पोषण भक्ता बापत प्रति विरामी दुई हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी कोरोना संक्रमित विरामीलाई अन्यत्र उपचारको लागि लानुपर्ने अवस्थामा एम्बुलेन्स खर्च वापत आठ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसीले बताए। ।
त्यसैगरी कोरोना संक्रमित विरामीको मृत्यु भएको अवस्थामा सामाजिक कार्य गर्न मृतकको परिवारलाई १५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख केसीले जानकारी दिइ। ।
जिल्लाको तामाकोसी गाँउपालिकाले कोरोना संक्रमितलाई आवश्यक पर्ने औषधि निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना संक्रमित विरामीलाई आवश्यक पर्ने सबै प्रकारका औषधि घर घरमै पु¥याईने पालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताए। कोरोना संक्रमित विरामीको लागि आवश्यक पर्ने भिटामिन सि, मल्टिभिटामिन, सिटामोल, खोकीको औषधि लगायतका औषधिहरु खरीद गरिसकिएको तामाकोसी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताए ।
आपत्तकालिन अवस्थामा प्रयोग गर्न सदरमुकाम चरिकोट अस्पतालमा पाँच वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चरिकोट अस्पताल सहित च्छो रोल्पा जनरल अस्पताल, सामुदायीक अस्पताल र गजेन्द्र फाउण्डेशनको एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख पौडेलले जानकारी दिए ।
त्यसैगरी सदरमुकाम चरिकोटमा रहेको लालिगुरास युवा क्लबले भीमेश्वर नगरपालिका वडा नम्बर ३, चरिकोट गुठि, दोलखा उद्योग बाणिज्य संघ, चरिकोट खानेपानी परिवार लगायतको सहयोगमा चरिकोट अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामी, विरामीको कुरुवा र स्वास्थ्यकर्मीहरुलाई जेठ १५ गतेसम्म खाना र नास्ताको व्यवस्था गरिरहेको लालिगुरास युवा क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *